एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : महासचिव पोखरेल « Khabarhub

एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : महासचिव पोखरेल


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले पार्टीलाई बलियो बनाउनका लागि ‘जरा केन्द्रित अभियान’ सञ्चालन गरेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) बागमती प्रदेश कमिटी दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जरा केन्द्रित अभियानको मिसन २०८४ सालमा हुने निर्वाचनमा एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्ने रहेको बताए ।

मुलुक बनाउनका लागि बलियो राजनीतिक दल आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने क्षमता बोकेको पार्टी भएको बताए । उनले निर्णायक शक्ति निर्माण गर्ने यात्रामा भूपुपूर्व सैनिक तथा प्रहरी सङ्गठनको योगदान रहने बताए ।

नेपालमा रहेको जनशक्तिलाई सीप, ज्ञान र क्षमता प्रदान गरेर परिचालन गर्न अहिलेको आवश्यकता रहेको महासचिव पोखरेलको भनाइ थियो । उनले बलिया राजनीतिक दल निर्माण गरेर राज्यलाई बलियो बनाउनुपर्ने बताए ।

“जबसम्म पार्टी बलियो हुँदैन जनता बलिया हुँदैनन । पार्टी बलियो नभई राज्य बलियो हुँदैन । त्यसैले लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक हुन्छन”, महासचिव पोखरेलले भने । उनले नागरिकलाई पुँजी निर्माणतर्फ अग्रसर गराउनुपर्ने बताए ।

सङ्गठनका अध्यक्ष विनोद पाण्डेले मुलुकमा देखिएको अस्थिरता एमाले र नेपाली कांग्रेस मिलेर चिर्ने काम गरिरहेको बताए । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १० : ५६ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि