एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : महासचिव पोखरेल | Khabarhub Khabarhub

एमालेलाई बलियो बनाउन ‘जरा केन्द्रित’ अभियान : महासचिव पोखरेल


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले पार्टीलाई बलियो बनाउनका लागि ‘जरा केन्द्रित अभियान’ सञ्चालन गरेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (नेपोन) बागमती प्रदेश कमिटी दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जरा केन्द्रित अभियानको मिसन २०८४ सालमा हुने निर्वाचनमा एमालेलाई निर्णायक शक्तिका रुपमा स्थापित गर्ने रहेको बताए ।

मुलुक बनाउनका लागि बलियो राजनीतिक दल आवश्यक रहेको उल्लेख गर्दै महासचिव पोखरेलले एमाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्ने क्षमता बोकेको पार्टी भएको बताए । उनले निर्णायक शक्ति निर्माण गर्ने यात्रामा भूपुपूर्व सैनिक तथा प्रहरी सङ्गठनको योगदान रहने बताए ।

नेपालमा रहेको जनशक्तिलाई सीप, ज्ञान र क्षमता प्रदान गरेर परिचालन गर्न अहिलेको आवश्यकता रहेको महासचिव पोखरेलको भनाइ थियो । उनले बलिया राजनीतिक दल निर्माण गरेर राज्यलाई बलियो बनाउनुपर्ने बताए ।

“जबसम्म पार्टी बलियो हुँदैन जनता बलिया हुँदैनन । पार्टी बलियो नभई राज्य बलियो हुँदैन । त्यसैले लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक हुन्छन”, महासचिव पोखरेलले भने । उनले नागरिकलाई पुँजी निर्माणतर्फ अग्रसर गराउनुपर्ने बताए ।

सङ्गठनका अध्यक्ष विनोद पाण्डेले मुलुकमा देखिएको अस्थिरता एमाले र नेपाली कांग्रेस मिलेर चिर्ने काम गरिरहेको बताए । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १० : ५६ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना