भारत इजरायलको महत्वपूर्ण व्यापारिक साझेदार : इजरायली अर्थमन्त्री बारकात « Khabarhub

भारत इजरायलको महत्वपूर्ण व्यापारिक साझेदार : इजरायली अर्थमन्त्री बारकात


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलका उद्योग तथा अर्थमन्त्री निर बारकातले भारत आफ्नो मुलुकको महत्वपूर्ण व्यापारिक साझेदार भएको बताएका छन् । भारत भ्रमणका क्रममा भारतीय सञ्चार माध्यमसँगको कुराकानीका क्रममा मन्त्री बारकातले दुई मुलुकबीच परिवर्तनकारी व्यापारिक साझेदारीमा जोड दिएका छन् ।

द सन्डे गार्जियनसँगको कुराकानीका क्रममा उनले नवप्रवर्तन र व्यापारका क्षेत्रमा दुई मुलुकले थप सम्भावनाहरुको पहिचान गर्नुपर्ने उल्लेख गरे । उनी इजरायलका उच्चस्तरीय व्यापारिक प्रतिनिधिमण्डलका साथ भारत भ्रमणमा आएका हुन् ।

उनको नेतृत्वमा भारत आएको इजरायली व्यापारिक प्रतिनिधिमण्डलमा इजरायलका १ सयभन्दा धेरै व्यवसायी, उद्यमी एवम् लगानीकर्ताको सहभागीता रहेको थियो । उक्त भ्रमणका क्रममा उनीहरुले भारतीय सरकारी अधिकारी तथा व्यवसायिक प्रतिनिधिसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ९ : ३५ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य