विवाद बढेपछि प्रेस चौतारीको कार्यक्रममा प्रधानमन्त्री नआउने « Khabarhub

विवाद बढेपछि प्रेस चौतारीको कार्यक्रममा प्रधानमन्त्री नआउने


९ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेतृत्व चयनमा तीव्र विवाद देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रेस चौतारी नेपालको विराटनगरमा आइतबारदेखि हुने दशौँ महाधिवेशनमा नआउने भएका छन् ।

उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष बनाएर जाने निर्णय तीव्र विवादमा परेसँगै प्रधानमन्त्री ओली चौतारीको महाधिवेशन उद्घाटनमा नआउने भएका हुन् । 

चौतारीको महाधिवेशन अब एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने भएका छन् । उनी आइतबार नै विराटनगर आइसकेका छन् । 

चौतारीमा अध्यक्षका लागि वर्तमान उपाध्यक्ष राजेश राईले पनि तयारी गरिरहेका छन् । उनलाई ब्याक गराउन नेताहरू जोडबल गरिरहेका छन् । तर राईले कुनै हालतमा पछि नहट्ने बरू चुनावी प्रतिस्पर्धामा गएर हारजित स्विकार्ने अडान लिएका छन् ।

यसअघि एमाले मोरङको चुनावमा पनि ओलीले राजकुमार ओझालाई जिताउन निर्देशन दिएका थिए । तर पूर्वकेन्द्रीय सदस्य विनोद ढकालले आफ्नो प्यानल खडा गरेर अजम्ब राईलाई अध्यक्षमा उठाए ।

आफ्नो निर्देशन कार्यान्वयन नहुने भएपछि एमाले अध्यक्षसमेत रहेका ओली मोरङको अधिवेशनमा आएनन् । मोरङमा नेता ढकालले अघि सारेका अजम्ब राईले बहुमतसहित जित निकालेका थिए । 

पाण्डेलाई अध्यक्ष बनाउन एमाले अध्यक्षसमेत रहेका ओलीले निर्देशन दिएपछि जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल र प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले निर्वाचनमा जान नदिई पाण्डेको नाम भित्तामा टाँसेर जाने बताइरहेका छन् ।

ढकाल र गौतमको यो अडानपछि महासचिव पोखरेलले नेताहरूसँग छलफल थालेका छन् । नेताहरू छलफलमा रहेकाले बिहान ११ बजे हुने भनिएको महाधिवेशन उद्घाटन समारोह अझै सुरू हुन सकेको छैन । 

एमालेका अध्यक्षका दाबेदार पाण्डेलाई प्रचार विभाग सचिव बनाएको १० दिनमै राजीनामा गर्न लगाएर चौतारीको अध्यक्षमा अघि सारिएको हो । 

बालुवाटारमा बसेर नेताहरूले पाण्डेलाई महाधिवेशनअघि नै भावी अध्यक्षका रूपमा घोषणा गरिएपछि प्रतिनिधिहरू पनि असन्तुष्ट देखिएका छन् । उनीहरूले लोकतान्त्रिक प्रक्रिया अर्थात् निर्वाचन प्रक्रियामा लगेर नयाँ नेतृत्व तय गर्नुपर्ने दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ११ : ५८ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले