ओलीको प्रशंसा गर्दा विवादमा परेपछि प्रकाशको यस्तो सफाइ « Khabarhub

ओलीको प्रशंसा गर्दा विवादमा परेपछि प्रकाशको यस्तो सफाइ


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपुत यतिबेला विवादमा छन् । यो विवादबीच उनको लेखन, निर्देशन र अभिनय रहने फिल्म ‘वसन्त’लाई समेत प्रभाव पार्ने किसिमका प्रतिक्रियाहरू आइरहेका छन् ।

उनले केही साताअघि एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका थिए । त्यस्तो प्रसंशा गरेका सपुतलाई धेरैले एमाले निकट रहेको आरोप लगाएका छन् ।

ओलीको सरकार सञ्चालनसँग असन्तुष्टहरूले प्रकाशको आलोचना गरेका हुन् । सोहीकारण केहीले चैत २२ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वसन्त’ बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

उक्त आलोचनाबारे प्रकाश मौन बसेका थिए । तर, शनिबार साँझ सामाखुसीमा आयोजित ‘वसन्त’को ट्रेलर सार्वजनिक कार्यक्रममा प्रकाशले आलोचनाबारे मौनता तोडेका छन् ।

विवादको प्रसङ्ग प्रकाश आफैँले कोट्याए । कार्यक्रम सञ्चालकले प्रकाशको प्रशंसा गरेका थिए । त्यसपछि प्रकाशले आफूले ओलीको प्रशंसा गरेको घटनालाई इङ्गित गर्दै भने, ‘कार्यक्रम सञ्चालकले मेरो प्रशंसा गर्नुभयो । तर, मलाई प्रशंसा गर्न कसैले जित्न सक्दैन ।’

प्रकाशले यो प्रसङ्ग कोट्याएपछि सञ्चारकर्मीका प्रश्न उनीतर्फ नै तेर्सिए । ‘प्रशंसा गर्दा पनि आलोचना सहनुपर्ने रहेछ है ?’ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘कहिलेकाहीँ यस्तो पनि हुनेरहेछ ।’

तथापि उनले ओलीको प्रशंसालाई आफ्नो गल्ती भनी स्वीकार गरेनन् । कार्यक्रमको प्रकार र माहोलअनुसार आफ्नो विचार राखेको उनले तर्क गरे ।

सपुतले भने, ‘सार्वजनिक कार्यक्रममा आफ्ना एक खालका विचारहरू राखिन्छ । माहोल अनुसारको विचार व्यक्ति गरिन्छ ।’

सर्जकको हिसाबले भने आफूले सधैँ तटस्थ रहेर आलोचना गर्ने बताए । उनले भने, ‘व्यक्तिलाई गाली गर्ने मेरो शैली होइन । म कलाकार हुँ । सिर्जनामा समाजको चेतना र समाजलाई शासन गर्नेहरूलाई पनि प्रश्न गर्ने काम मेरो हो ।’

‘वसन्त’की नायिका स्वस्तिमा खड्काले प्रकाश सिर्जनामार्फत् नै बढी प्रश्न उठाउने सर्जक रहेको बताइन् । उनले भनिन्, ‘मैले उहाँसँग जति काम गरेँ । त्यहाँ उहाँले समाज र यही रहेका व्यक्तिहरूलाई नै प्रश्न उठाउनुभएको छ ।’

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  २ : २८ बजे

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै

रास्वपा महाधिवेशन : इलेक्ट्रोनिक मेसिनबाट हुनेछ भोटिङ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट भोटिङ हुने

हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध

बागमती– हेटौँडा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रमा कार्यरत ६० जना श्रमिकलाई सामाजिक

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त