गायक दम्पती कमल र मेलिना बने छोराको अभिभावक « Khabarhub

गायक दम्पती कमल र मेलिना बने छोराको अभिभावक


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक दम्पती कमल खत्री र मेलिना मैनाली पहिलो सन्तानको अभिभावक बनेका छन् । मेलिनाले आइतबार छोरालाई जन्म दिएकी हुन् ।

गायक खत्रीले सामाजिक सञ्जालमार्फत् आइतबार छोराको जन्म भएको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्ये एक बनेको छ। पहिलो पटक बाबु बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ।’

गायक खत्रीले छोराको आगमनले भावुक स्ट्याटस लेखेका छन् । उनले आफ्नो परिवार पूर्ण भएको समेत बताएका छन् ।

कमल र मेलिनाले वि.सं. २०७९ असोजमा आफूहरुको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । त्यसपछिका दिनमा यी दुवै गायनमा सक्रिय छन्।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ०० बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक