ब्रान्ड तिर पनि दिव्या, बनिन् ‘प्रोफाइल कन्सल्टेन्सी’को एम्बेस्डर « Khabarhub

ब्रान्ड तिर पनि दिव्या, बनिन् ‘प्रोफाइल कन्सल्टेन्सी’को एम्बेस्डर


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नव नायिका दिव्या रायमाझी पहिलो फिल्म ‘एक्टर : टेक वान’ प्रदर्शनमा आउनुपूर्व नै दोस्रो फिल्म ‘पिताम्बर’को छायाङ्कन सकेर बसेकी थिइन् ।

‘पिताम्बर’ चैत २९ बाट प्रदर्शनमा आउँदैछ । दोस्रो फिल्म प्रदर्शनमा आउनुअघि नै उनको हातमा अर्को फिल्म ‘मायाप्रिति’ छ । यसको छायाङ्कन पनि चाँडै हुने बुझिएको छ ।

गत माघबाट नेपाली रजतपटमा डेब्यू गरेकी दिव्याको व्यस्तता चल्तीका नायिकाको जस्तै देखिन थालेको छ । उनी ब्रान्डसँग आबद्ध हुन थालेकी छन् ।

विभिन्न ब्रान्डहरु उनीसँग जोडिन चाहेको बुझिएको छ । उनले ब्रान्डसँग जोडिने यात्रा ‘प्रोफाइल इन्टरनेस्नल एजुकेसन कन्सल्टेन्सी’बाट सुरुवात गरेकी छन् ।

उनी आइतबार उक्त कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएकी हुन् । हात्तिसारमा आयोजना गरिएको एक कार्यक्रममा कन्सल्टेन्सीका प्रबन्ध निर्देशक नितेश उप्रेती र दिव्याबीच काजगी सम्झौता भएको हो ।

प्रोफाइल इन्टरनेसनल ऐजुकेसन कन्सल्टेन्सी विगत सात वर्षदेखि अष्ट्रेलिया ,क्यानडा, बेलायत, अमेरिका,डेनमार्क, फिनल्याण्ड र यूरोपलगायत देश पढ्न चाहने विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ ।

ब्रान्ड एम्बेस्डर नियुक्त भएपछि दिब्याले भनिन्, ‘युवा पुस्ताको सेवामा समर्पित संस्था भएकाले यस संस्थामा जोडिएकी हुँ ।’

प्रबन्ध निर्देशक उप्रेतीले युवा पुस्तामा चर्चित नायिका ब्रान्ड एम्बेस्डर बन्दा संस्थाको गरिमा बढेको बताए ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : २५ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक