कांग्रेसले भन्यो : गणतान्त्रिक संविधानको पक्षमा दृढ छौं « Khabarhub

कांग्रेसले भन्यो : गणतान्त्रिक संविधानको पक्षमा दृढ छौं


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिवद्ध व्यक्त गरेको छ ।

आईतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले अहिलेको राजनीतिक व्यवस्था परिवर्तन गर्न आवश्यक नै नभएको निष्कर्ष निकालेको हो ।

‘नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो ।नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिवद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ’ कांग्रेसले निर्णयमा भनेको छ, ‘संविधानको संरक्षण, सम्वद्र्धन र कार्यान्वयन मार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास छ । यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ ।’





प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : २७ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा