भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने « Khabarhub

भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकामा भेडाबाख्रा र च्याङ्ग्रा ओसारपसार गर्दा अनिवार्य रूपमा निरोगी प्रमाणित गर्नुपर्ने भएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै महामारी रोग ‘पिपिआर’ फैलन नदिन भेडाबाख्रा र च्याङ्ग्रा ओसारपसार गर्दा अनिवार्य रूपमा निरोगी प्रमाणित भएको हुनुपर्ने जनाएको हो । पञ्चेश्वरलगायत क्षेत्रमा बाख्रामा लाग्ने महामारी रोग पिपिआर देखिएकाले त्यसबाट बच्न यस्तो गर्नुपरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्करबहादुर साउँदले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले महामारी फैलनबाट बच्न अनिवार्य रूपमा निरोगी प्रमाणित गर्न आग्रह गर्रिको बताए । उनले भने, “महामारी रोग पिपिआर फैलनबाट बच्न अनिवार्य रूपमा निरोगी प्रमाणित गर्न भनेका हौँ । पालिकाभरिका सबै किसानलाई निरोगी प्रमाणित गरेर मात्र किनबेच गर्न आग्रह गर्दर्छौँं ।”

यसअघि पञ्चेश्वर गाउँपालिका–६ मा पर्ने बिजुल गाउँमा पिपिआरबाट ५७ बाख्रा मरेका थिए । यस रोगले एकै गाउँका ५७ बाख्रा मरेपछि पञ्चेश्वर गाउँपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविरसमेत गरिएको थियो ।

शिविरका साथै हाल पनि बाख्रालाई पिपिआरविरुद्धको खोप दिने कार्यक्रम नियमित रूपमा सञ्चालनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख गुमानी पन्तले बताए । उनले भने, “प्रभावित क्षेत्रमा पशुस्वास्थ्य शिविरको आयोजना गरेका छौँ । यसबाहेक आसपासका गाउँमा नियमित खोप दिने कार्य भइरहेको छ ।”

जिल्लाका अन्य पालिकालाई पनि भेडाबाख्रा ओसारपसार गर्दा अनिवार्य निरोगी प्रमाणित गर्न विज्ञ केन्द्रले आग्रह गरेको छ । बाख्रामा कुनै लक्षण देखिएमा विज्ञ केन्द्र र पालिकाको पशुसेवा केन्द्रमा सम्पर्क गर्न सुझाइएको छ । पिपिआर रोग भएका बाख्रामा ज्वरो आउने, खोक्ने, रगत छेर्नेलगायत लक्षण देखिन्छ । लक्षण देखिएको एक सातामै बाख्राको मृत्यु हुने गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ८ : ४७ बजे

टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ

काठमाडौँ– टोखा नगरपालिकाले नगरभित्रका घर तथा भवनलाई व्यवस्थित र सुरक्षित

आत्मदाह गरेका मण्डलका सन्तानको पठनपाठनमा सहयोग गर्ने कांग्रेस सभापति थापाको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले आत्मदाह प्रयासपछि उपचारका

मधेस प्रदेशसभा बैठक : बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

जनकपुरधाम– मधेस प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १

आत्मदाहले छोडेको प्रश्न- समाजले किन धेरै असुरक्षा उत्पादन गर्छ ?

गणेश नेपालीको मृत्युबारे अहिले विभिन्न कोणबाट बहस भइरहेको छ ।

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो