एसइई परीक्षामा अमर्यादित काम गरेको भन्दै केन्द्राध्यक्षसहित निरीक्षक हटाइयो « Khabarhub

एसइई परीक्षामा अमर्यादित काम गरेको भन्दै केन्द्राध्यक्षसहित निरीक्षक हटाइयो


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पर्सा । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अमर्यादित कार्य गर्ने स्थानीय एक विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षसहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० गणेश अर्यालको अध्यक्षतामा आज बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले महानगरस्थित सुरजीदेवी माध्यमिक विद्यालयको केन्द्रमा अनियमितता, लापरबाही तथा उच्छृङ्खल क्रियाकलाप देखिएकाले केन्द्राध्यक्ष नन्द्रकिशोर राम, सहायक केन्द्राध्यक्षद्वय सविता चौधरी र चन्द्रशेखर झासहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

प्रजिअ अर्यालले वैकल्पिक सूचीमा रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरका ब्रजमोहनप्रसाद कानुलाई उक्त परीक्षा केन्द्रमा केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिनुभयो । सोही परीक्षा केन्द्रका परीक्षार्थी ‘सिम्बल नम्बर’ ०३७०२४५६ ‘डि’ लाई यस वर्षको परीक्षाबाट निष्काशन गर्ने निर्णय पनि गरिएको छ ।

वीरगञ्ज महानगरकै नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका केन्द्राध्यक्षलाई संदेहास्पद गतिविधि गरी उक्त केन्द्रको समग्र अनुशासनको पक्ष फितलो बनाएको भन्दै थप सावधानी, सतर्कता र अनुशासित भएर परीक्षा सञ्चालन गर्न सचेत गराइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १० : ०१ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।