भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस « Khabarhub

भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस


९ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंस्थित भारतीय दूतावासमा आज एक समारोहबीच २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस मनाइएको छ । समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका मेधावी विद्वानहरूलाई राजदूतको स्वर्णजयन्ती छात्रवृत्ति ‘रोल अफ अनर’ प्रदान गरेका थिए ।

राजदूत श्रीवास्तवले स्वर्णजयन्ती छात्रवृत्ति योजनाको २३औँ ब्याचका पुरस्कृतहरूका साथै रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै विद्यार्थीहरूलाई आ(आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न आग्रह गरे । उनले भारतको स्टार्टअप इकोसिस्टम, इन्क्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने सङ्लग्नतामार्फत उपलब्ध हुने अवसरमाथि प्रकाश पारेका थिए ।

समारोहमा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा।देवराज अधिकारी, काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा अच्युत वाग्ले, राजर्षी जनक विश्वविद्यालयका उपकुलपति डा। अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा बिजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा।ध्रुवकुमार गौतम, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा।शारदा थपलियाको उपस्थित रहेको थियोे । कार्यक्रममा विभिन्न संस्थानका डीन तथा विद्यालयका प्रधानाध्यापकहरूको पनि उपस्थिति रहेको थियो ।

भारत–नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्णजयन्ती छात्रवृत्ति स्थापना गरिएको थियो । यस अवधिसम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको सङ्ख्या वार्षिक रूपमा २०० जना पुगेको छ । यस छात्रवृत्ति योजनाबाट नेपालका ७ जिल्लाबाट तीन हजार ५०० जनाभन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका त्यस अवसरमा जानकारी दिइयो ।

भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ्ग, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ, आयुर्वेद, नृत्य, रङ्गमञ्च र कला प्रदर्शनलगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई करिब एक हजार ५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ८ : १९ बजे

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले