शिक्षकहरू २२ दिनदेखि सडकमै (तस्बिरहरू) « Khabarhub

शिक्षकहरू २२ दिनदेखि सडकमै (तस्बिरहरू)


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलनलाई जारी राखेको छ । 

आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

२२ दिन देखि जारी शिक्षक आन्दोलनको क्रममा शिक्षकहरुले ३ वटै लेन ढाकेर प्रदर्शन गर्ने गरेकोले यातायात र सर्वसाधारणमा असर परेको गुनासो बढेसँगै शिक्षकहरुले अहिले १ लेन खुल्ला गरेका छन् । अहिले बानेश्वरदेखि माइतीघर तिर जाने लेन खुल्ला गरिएको छ ।

उनीहरूले संघीय सांसदबाट ऐन पारित नभएसम्म आन्दोलन नरोकिने भन्दै बिजुलीबजार–बानेश्वर क्षेत्रमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । महासंघले अनुशासित, मर्यादित र संयमित भए आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई आग्रह गरेको छ ।

महासंघले आफूहरूको आन्दोलन निर्णायक अवस्थामा पुग्न लागेको भन्दै अन्य शिक्षकहरूलाई पनि काठमाडौं आउन आह्वान गरेको छ ।

शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि सार्ने निर्णय गरिसकेको छ । 

तस्बिरहरू :

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : १९ बजे

साताको कार्टुन

साताको कार्टुन : ‘गाउँ खाने कथा’ काठमाडौँ – गठबन्धनको ‘गाउँ

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

सडकमा कलम बेच्ने ती बालक, जो पछि करोडौँलाई हँसाउने जोनी लिभर बने

बलिउड सिनेमा उद्योगमा जब कमेडीको चर्चा हुन्छ, सबैभन्दा पहिले सम्झिने

कलाकार बलेमाथि अमेरिकाबाट युवतीले लगाइन् गम्भीर आरोप

काठमाडौं– कलाकार कथा मोडल सागर लम्साल बलेमाथि अमेरिकामा बस्दै आएको