निर्देशक वसन्तलाई प्रश्न : ‘दशमी’ कि ‘पाँच पाण्डव’को छायाङ्कन पहिला ? « Khabarhub

निर्देशक वसन्तलाई प्रश्न : ‘दशमी’ कि ‘पाँच पाण्डव’को छायाङ्कन पहिला ?


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत दशैँमा निर्देशक वसन्त निरौलाको फिल्म ‘ज्वाइँ साब’ प्रदर्शनमा आयो । आगामी दशैँमा उनको अर्को फिल्म ‘दशमी’ प्रदर्शनमा आउने बताइएको छ ।

निर्देशक निरौलाले ‘दशमी’को स्क्रिप्ट पूजा गरिसकेका छन् । तर, यो फिल्मका कलाकार र छायाङ्कनबारे जानकारी दिइएको छैन ।

फेरि उनले नयाँ फिल्म निर्देशन गर्ने चर्चा चलेको छ । निरौलालले चलचित्र विकास बोर्डबाट फिल्म ‘पाँच पाण्डव’ निर्माणको इजाजत लिएपछि यो खबर बाहिरिएको हो ।

उनले कलाकारमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ रहने गरी निर्माण इजाजत लिएका हुन् ।

तर, निर्देशक निरौलाले औपचारिक रुपमा फिल्म निर्माणको घोषणा गरेका छैनन् । खबरहबसँगको कुराकानीमा उनले आफू ‘पाँच पाण्डव’ निर्माणको तयारीमा रहेको स्वीकार गरे ।

कलाकारहरुको ‘लाइअप’ पूरा भएपछि निर्माण घोषणको तयारीमा आफू रहेपनि विकास बोर्डबाट इजाजत लिएका कारण खबर बाहिरिएको बताए ।

उनले भने, ‘म केही समयपछि घोषणा गर्ने तयारीमा थिएँ । विकास बोर्डबाट खबर बाहिरियो । ठीकै छ यो कुरा सत्य हो ।’

शीर्ष भूमिकामा सीताराम र कुञ्जना फाइनल भएको उनी बताउँछन् ।

तर, यस फिल्मको छायाङ्कन कहिलेबाट सुरु गर्ने भन्ने बारेमा उनी अनिर्णित नै छन् । भन्छन्, ‘कलाकारहरू चयनको काम सकौं त्यसपछि छायाङ्कन मिति टुंगो लाग्छ ।’

‘दशमी’ र ‘पाँच पाण्डव’मा कुन पहिला छायाङ्कन हुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘यसको टुंगो लागेको छैन ।’

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : १४ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा