भूमिमन्त्री अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी « Khabarhub

भूमिमन्त्री अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई शिक्षा मन्त्रालयको पनि जिम्मेवारी तोकिएको छ ।

शिक्षामन्त्री विद्या भट्टराईले दुई दिनअघि राजीनामा दिएपछि उक्त मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीमातहत नै थियो । तर अब उक्त मन्त्रालय भूमिमन्त्री अधिकारीलाई तोकिएको हो ।

बुधबारबाट लागू हुने गरी अधिकारीलाई शिक्षाको पनि जिम्मेवारी दिइएको प्रधानमन्त्री ओलीको सचिवालयले बताएको छ । तर यसको औपचारिक जानकारी मन्त्रालयले गराइसकेको छैन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार यसको जानकारी वैशाख १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा गराइनेछ । बुधबार बिहान शिक्षकहरूसँगको वार्तामा पनि मन्त्री अधिकारी उपस्थित थिए ।

’अहिले उहाँलाई शिक्षकहरूसँगको वार्तामा जान र शिक्षा मन्त्रालयसँग सरोकार रहेका विषयको बैठकमा सहभागी हुन जिम्मेवारी दिइएको छ,’ प्रधानमन्त्रीको सचिवालयले खबरहबलाई भन्यो, ‘यसको जानकारी १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा गराइने।’

शिक्षा मन्त्रालय प्रवक्ता नीलकण्ठ ढकालका अनुसार अहिलेसम्म अधिकारी शिक्षा मन्त्रालयमा प्रवेश गरेका छैनन्। उनले भने, ‘मन्त्रीज्यू यहाँ आइसक्नु भएको छैन । उहाँलाई शिक्षाको पनि जिम्मेवारी दिएकोबारे हामीलाई जानकारी भएन ।’

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : ४७ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन