माओवादीले भन्यो- कांग्रेस-एमाले गठबन्धनले औचित्य पुष्टि गर्न सकेन, तत्काल सरकार छाडे हुन्छ « Khabarhub

माओवादीले भन्यो- कांग्रेस-एमाले गठबन्धनले औचित्य पुष्टि गर्न सकेन, तत्काल सरकार छाडे हुन्छ


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नरहेको निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक रुपमा वर्तमान सरकारले वैधानिकता गुमाइसकेकाले आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको बताए ।

अब यो सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको उनको तर्क छ। उनले वर्तमान गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको जिकिर गरे ।



त्यस्तै माओवादीले प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारविरोधी अभियानलाई उल्टाउने मात्रै नभई सुशासन कायम गर्न लागेका अधिकारीलाई छानी छानी यो सरकारले दण्डित गरेको पनि निष्कर्ष निकालेको छ ।

प्रवक्ता सापकोटाले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने र विपक्षीप्रति सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारवाहीको श्रृंखला नै खडा गरिएको बताए । उनले वर्तमान सरकारका निर्णय सवै बिचौलियाको स्वार्थमा जनहित र राष्ट्र हितविपरीत रहेको उल्लेख गरे ।

त्यस्तै माओवादी केन्द्रले शिक्षकका माग पूरा गर्नुभन्दा सरकारले उनीहरूलाई होच्चाउने र अपमानित गर्ने काम गरेको जनाएको छ । शिक्षा विधेयक फास्टट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न माओ‌वादीले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : १३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु