‘जलाकी’को छायाङ्कनको बीचमा धिरजको प्रवेश « Khabarhub

‘जलाकी’को छायाङ्कनको बीचमा धिरजको प्रवेश


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई लिएर निर्देशक अशोक थापा मगरले फिल्म ‘खुस्मा’ बनाए । थापाको डेब्यू निर्देशन रहेको यस फिल्म बक्स अफिसमा हिट सावित भयो ।

‘खुस्मा’ टिमले अर्को नयाँ प्रोजेक्टको सुरुवात गरिसकेको छ । निर्देशक थापाले फिल्म ‘जलाकी’को छायाङ्न चैत २२ देखि बागलुङबाट सुरु गरेका हुन् ।

निर्माण पक्षका अनुसार फिल्मको पहिलो चरणको छायाङ्कन सकिएको छ । शीर्ष कलाकारमा उपासान र सोनम तोप्देनलाई लिएर पहिलो चरणको छायाङ्कन गरिएको थियो ।

दोस्रो चरणको छायाङ्कनमा ‘खुस्मा’का नायक धिरज मगरको प्रवेश भएको छ । उनी पनि फिल्मको शीर्ष भूमिकाकै लागि अनुबन्ध भएको निर्देशक थापाले जनाएका छन् ।

धिरज, उपासनाको जोडीको भूमिकामा हुन् वा होइनन् यो भने निर्माण पक्षले खुलाएको छैन ।

यस फिल्मबाट मोडल आकृति राजभण्डारीले डेब्यू गर्दैछिन् । फिल्ममा अस्तित्व भट्टचन, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्कबहादुर पुन ‘खबपु’ लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुन लागेको सिनेमाका निर्माता ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना) मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ०० बजे

जितुको फिल्म ‘आई एम जितबहादुर’मा दुई नायिका वर्षा र प्रियंका

काठमाडौं – कलाकार जितु नेपालले निर्माण घोषणा गरेको फिल्म ‘आई

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाराबाजीपछि सार्वजनिक भयो निर्वाचन तालिका

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि काठमाडौंमा जारी विशेष केन्द्रीय महाधिवेशन

भरतपुरमा बृहत् चक्रपथ उद्‌घाटन

नारायणगढ–  देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्