‘जलाकी’को छायाङ्कनको बीचमा धिरजको प्रवेश « Khabarhub

‘जलाकी’को छायाङ्कनको बीचमा धिरजको प्रवेश


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीलाई लिएर निर्देशक अशोक थापा मगरले फिल्म ‘खुस्मा’ बनाए । थापाको डेब्यू निर्देशन रहेको यस फिल्म बक्स अफिसमा हिट सावित भयो ।

‘खुस्मा’ टिमले अर्को नयाँ प्रोजेक्टको सुरुवात गरिसकेको छ । निर्देशक थापाले फिल्म ‘जलाकी’को छायाङ्न चैत २२ देखि बागलुङबाट सुरु गरेका हुन् ।

निर्माण पक्षका अनुसार फिल्मको पहिलो चरणको छायाङ्कन सकिएको छ । शीर्ष कलाकारमा उपासान र सोनम तोप्देनलाई लिएर पहिलो चरणको छायाङ्कन गरिएको थियो ।

दोस्रो चरणको छायाङ्कनमा ‘खुस्मा’का नायक धिरज मगरको प्रवेश भएको छ । उनी पनि फिल्मको शीर्ष भूमिकाकै लागि अनुबन्ध भएको निर्देशक थापाले जनाएका छन् ।

धिरज, उपासनाको जोडीको भूमिकामा हुन् वा होइनन् यो भने निर्माण पक्षले खुलाएको छैन ।

यस फिल्मबाट मोडल आकृति राजभण्डारीले डेब्यू गर्दैछिन् । फिल्ममा अस्तित्व भट्टचन, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्कबहादुर पुन ‘खबपु’ लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुन लागेको सिनेमाका निर्माता ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना) मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ०० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्