भारतीय ऊर्जामन्त्री खट्टरले भेटे उपप्रधानमन्त्री सिंहलाई « Khabarhub

भारतीय ऊर्जामन्त्री खट्टरले भेटे उपप्रधानमन्त्री सिंहलाई


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र भारतीय विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरबीच भेटवार्ता भएको छ। 

मन्त्री भट्टरले बुधबार उपप्रधानमन्त्री सिंहलाई शहरी विकास मन्त्रालय पुगेर शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र शहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ । 

‘भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोर मैला व्यवस्थापन र शहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यी नै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,’ भेटपछि शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने । 

उनले नपाल र भारत सरकारबिच शहरीकरणका अनुभव आदानप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा छिटै सहमति भएपछि शहरी विकासको क्षेत्रमा दुई देशबिच औपचारिक सहकार्य अघि बढ्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ०८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५