भारतीय ऊर्जामन्त्री खट्टरले भेटे प्रधानमन्त्री ओलीलाई « Khabarhub

भारतीय ऊर्जामन्त्री खट्टरले भेटे प्रधानमन्त्री ओलीलाई


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय माननीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भेटवार्ता गरेका छन् ।

मन्त्री खट्टर मंगलबार संखुवासभास्थित अरुण तेस्रोको पावर हाउस र बाँध निर्माणस्थल पुगेर आएका थिए । उनले बुधबार मुस्ताङको मुक्तिनाथमा दर्शन गरेर फर्किएपछि ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई पुनर्पुष्टि गर्दै दुई नेताहरूले ऊर्जा क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल गरेको बताइएको छ ।

दुई दिने भ्रमणका क्रममा मंगलबार नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । त्यही अवसरमा उनीहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नुका साथै वृक्षारोपण पनि गरे ।

त्यसक्रममा ऊर्जामन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए ।

भारतका विद्युत् मन्त्री खट्टरले नेपाल जलविद्युत्को क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताएका थिए । 

उनले अरुण तेस्रो जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुने भएकाले समयमै सक्नुपर्नेमा जोड दिएका थिए । भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको उनको भनाइ थियो ।

सङ्खुवासभाको मकालु र चिचिला गाउँपालिकाको सिमानामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजना ९०० मेगावाट क्षमताको छ । 

उक्त आयोजना वि.सं. २०७५ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए ।

एक खर्ब चार अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाइड्रोपावर कम्पनीले लिएको छ । 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ५४ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई