विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमाथि छानविन गर्न माग « Khabarhub

विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमाथि छानविन गर्न माग


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेस कास्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भएको भ्रष्टाचार र अनियमितता छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी भ्रष्टाचार र अनियमितता भएको सार्वजनिक भैरहेका बेला कास्की कांग्रेसले उच्चस्तरीय निष्पक्ष छानविन आयोग गठन गरी स्वदेशी वा विदेशी जो कोही भएपनि कारवाही गर्न माग गरेको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए।

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालको अध्यक्षतामा आज बसेको बैठकले शिक्षकहरूले उठाएका जायज मागहरू तुरुन्तै पूरा गरी पठनपाठनको आवश्यक प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

बैंठकले विद्यानमा भएको व्यवस्था अनुसार, पार्टीको तल्लो तहका सम्मेलन पछि मात्रै माथिल्लो तहको सम्मेलन गर्ने र क्रियाशील सदस्यता नवीकरण अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : १० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट