चरमपन्थीको बन्दुक खोसेर पर्यटकलाई बचाउन खोज्दा मारिए कश्मीरी युवक सैयद हुसैन « Khabarhub

चरमपन्थीको बन्दुक खोसेर पर्यटकलाई बचाउन खोज्दा मारिए कश्मीरी युवक सैयद हुसैन


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- जम्मू-कश्मीरको पहलगाममा आतंकवादी हमलाका क्रममा एक जना कश्मीरी नागरिक सैयद हुसैन शाह पनि मारिएका छन् ।

उनी त्यहाँ घोडाबाट पर्यटकलाई ओसार्ने काम गर्थे । उनका पिताले बताएअनुसार उनी घरमा कमाई गर्ने एक्ला सदस्य थिए ।

मंगलबार दिउँसो पौने ३ बजे पहलगाममा सैयदसँग के भएको थियो ? त्यसबारेको भिडियोसमेत सार्वजनिक भएको छ ।

पहलगाममा मारिएका २७ जनामध्ये एक कश्मीरी युवक सैयद हुसैन शाह थिए । पहलगामनजिकै अशमुकामका बासिन्दा सैयद हुसैन शाह घोडा चलाउने काम गर्थे । उनी पर्यटकलाई आफ्नो घोडामा सवार गरेर घुमाउँथे ।

उनका पिता सैयद हैदर शाहले एएनआईलाई बताएअनुसार मंगलबार आक्रमणको दिन उनी घोडा लिएर पहलगाम गएका थिए । दिउँसो ३ बजेको समयमा पहलागमको ब्यासरनमा आक्रमण भएको उनले थाहा पाए ।

आक्रमण भएको थाहा पाएपछि आफूले तत्कालै छोरालाई फोन गरेको ती बाबु सैयद हैदरले बताए । घटनापछि अपरान्ह साढे ४ बजे मात्रै फोन अन भएको उनले बताए ।

‘मैले फोन गर्दा कसैले उठाएनन् । त्यसपछि म प्रहरीकहाँ गएर निवेदन दिएँ । घर आएपछि चरमपन्थीले हमला गरेको पक्का भयो ।’

स्थानीय अन्य युवाले गएर हेर्दा सैयद हुसैन अस्पतालमा थिए । उनी घरका सबैभन्दा ठूला र एक्लो आम्दानी गर्ने सदस्य थिए ।

गला अवरुद्ध बनाउँदै ती बाबु सैयद हैदर शाहले अस्पतालमा छोराको ज्यान गएको बताए । ‘छोरो त गइसक्यो अब कसलाई के भनौँ?’, उनले भने, ‘हामीलाई न्याय चाहियो । उनीहरू (आतंकवादीले) यस्तो किन गरे ? ऊ निर्दोष थियो, विनाकारण मारियो ।’

दैनिक जागरणले केही प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै लेखेअनुसार सैयद हुसैन शाह आफ्नो घोडामा पर्यटकलाई घुमाउन मंगलबार ब्यासरन गएका थिए । आक्रमणका क्रममा पनि उनी त्यहीँ थिए ।

आतंकवादी जब गोली चलाउँदै निर्दोष पर्यटकलाई मारिरहेका थिए तब उनले रोक्ने कोसिस गरे। उनले यिनीहरू कश्मीरका पाहुना हुन्, उनीहरू निर्दोष छन् नमार भन्दै त्यहाँ कराएका थिए ।

तर आक्रमणकारीले उनको कुनै कुरा सुनेनन् । नमानेपछि उनी उनी एक आतंकवादीसँग भिडेका थिए । उनले ती आक्रमणकारीको बन्दुक खोस्ने पनि कोसिस गरे । तर त्यहीबेला आक्रमणकारीले उनीमाथि गोली बर्साए, त्यसकारणका उनको ज्यान गयो ।

समाचारअनुसार पहलगाम आक्रमणका एकजना नेपाली युवक सुदीप न्यौपानेसहित २७ जना मारिएका छन् । सुरुवाती जाँचमा ३ देखि चारजनाले एके ४७ राइफलबाट लगातार गोली बर्साएका थिए । हमलामा संलग्न दुईजनाले पस्तो भाषामा बोलेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जसबाट उनीहरू पाकिस्तानी भएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् । अन्य दुईजना कश्मीरकै रहेको बताइएको छ । ती दुई कश्मीरीको नाम आदिल र आसिफ रहेको छ । यी दुवै जना बिजबेहरा र त्राल इलाकाबासी रहेको खुलेको छ ।

समाचारअनुसार केही आक्रमणकारीले बडी क्यामेरा लगाएका थिए । यो आक्रमणको पूरा घटना उनीहरूले खिचेका छन् । अहिले भारतीय सेनासहित अन्य जाँच एजेन्सीले घटनाको छानबिन गरिरहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ०८ बजे

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख

‘हामी सत्यको पक्षमा छौँ, कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ होइन’

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई कसैको पनि प्राइभेट

विशेष महाधिवेशन पक्षद्वारा निर्वाचन आयोगलाई केन्द्रीय समिति विघटनको जानकारी

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले केन्द्रीय समिति विघटन