रघुजी पन्त शिक्षामन्त्री बन्दै, बिहीबार अपरान्ह शपथ « Khabarhub

रघुजी पन्त शिक्षामन्त्री बन्दै, बिहीबार अपरान्ह शपथ

शीतल निवासमा प्रधानमन्त्री कार्यालयको फोन- मन्त्रीको शपथ गराउनु पर्‍यो


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेका छन् । नेकपा एमालेकी नेतृ विद्या भट्टराईले राजीनामा दिएपछि उनी नयाँ शिक्षामन्त्री नियुक्तिको तयारीमा जुटेका हुन् ।

प्रधानमन्त्री ओलीले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शीतल निवासमा फोन गरेर शपथको तयारी गरिदिन भनेको छ ।

शिक्षक आन्दोलन २० औँ दिनमा पुगेको अवस्थामा सोमबार भट्टराईले राजीनामा दिएकी थिइन् ।

उनको स्थानमा प्रधानमन्त्री ओलीले एमाले नेता एवम् समानुपातिक सांसद रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार उनले पन्तलाई मंगलबार नै फोन गरेर नयाँ जिम्मेवारी लिन तयार हुनु भनेर निर्देशन दिएका थिए । पन्तले भने आफूलाई मिल्ने नयाँ जिम्मेवारीबारे केही खुलाउन चाहेनन् ।

‘अहिलेसम्म मलाई कुनै जानकारी आएको छैन’, उनले भने, ‘यदि त्यसो भएमा खबर आउला नि !’

प्रधानमन्त्रीको सचिवालयका अनुसार शिक्षामन्त्रीमा पन्त नियुक्तिको टुंगो लागिसकेको छ । उनलाई बिहीबार अपरान्हम ४ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाइने भएको छ ।

प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय भएको छ । उनको शपथ बिहीबार गराउने तयारी भएको बजगाईंले बताए ।

त्यसका लागि मुख्यसचिव एकनारायण अर्यालले शीतल निवासमा बुधबार नै फोन गरिसकेका छन् । नयाँ मन्त्री नियुक्त हुने भएकाले शपथ कार्यक्रमको तयारी गरिदिन उनले भनिसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ५० बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर