पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने छ : महासचिव पोखरेल « Khabarhub

पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने छ : महासचिव पोखरेल


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने बताएका छन् ।
     
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीको दोस्रो राष्ट्रिय युवा महिला भेलाको उद्‌घाटन गर्दै आज उनले भने, ‘पार्टीका हरेक कमिटीमा युवाहरू ३३ प्रतिशत पुर्‍याउने गरी पार्टीले काम गरिरहेको छ, तीनपुस्ताको संयोजन गरेर पार्टीलाई अगाडि बढाउनुपर्छ भनेर हामी लागिरहेका छौँ ।’

महासचिव पोखरेलले अहिले पार्टीमा युवाको राम्रो उपस्थिति रहेको पनि उल्लेख गरे। उनले पार्टीका हरेक गतिविधिमा युवालाई प्रतिस्पर्धी बनाएर अब्बल बनाउने र महिला सशक्तीकरण तथा सहभागिता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे । अनेमसङ्घले युवा महिला सशक्तीकरण र सहभागिता वृद्धि गर्ने उद्देश्यले आज राष्ट्रिय युवा महिला भेला आयोजना गरेको हो ।

 ‘समुद्ध नेपालः सुखी नेपाली’ को संकल्प पूरा गर्दै समान सहभागिताका लागि सुदृढ सङ्गठन बनाउने सोचका साथ भेला आयोजना गरेको अनेम सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिए ।
   
युवा कमिटीका संयोजक विन्दु अधिकारीले युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा महत्त्वपूर्ण भएकाले उत्पादन, उद्यमशीलता र रोजगारीमा लगाउनुपर्ने बताए।
 
भेलामा उत्पादन, उद्यमशीलता, रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना, युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति, प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला, राजनीतिक दल तथा अन्य सङ्गठनमा युवा महिला नेतृत्व र लैङ्गिक समानताका सवालमा छलफल भइरहेको छ ।
     
सम्मेलनमा प्रदेश र जिल्ला कमिटीबाट करिब पाँच सय युवा महिलाको सहभागिता  रहेको छ । अनेमसङ्घले सातौँ राष्ट्रिय सम्मेलनमार्फत नेतृत्वमा युवाको सहभागिता बढाउने उद्देश्यले कमिटीमा युवा महिलाका लागि ३० प्रतिशत स्थान सुरक्षित गर्ने नीति पारित गरेको छ । 

सम्मेलनपश्चात् अनेमसङ्घ केन्द्रीय युवा कमिटी गठन गरी प्रदेश, जिल्ला तथा पालिका तहमा समेत युवा कमिटी निमाण गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : १३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५