श्रीमतीको हत्या गरी फरार तामाङ नुवाकोटबाट पक्राउ « Khabarhub

श्रीमतीको हत्या गरी फरार तामाङ नुवाकोटबाट पक्राउ


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटबाट पक्राउ परेका छन् ।

यही वैशाख ७ गते धारिलो हतियार प्रहार गरी ४५ वर्षीय श्रीमती पुतलीमायाको हत्या तथा छोरा रिदम र छोरी सञ्जितालाई घाइते बनाइ फरार भएका उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौं परिसरको प्रहरी टोलीले नुवाकोट प्रहरीसँगको समन्वयमा निज तामाङलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी निजमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया