श्रीमतीको हत्या गरी फरार तामाङ नुवाकोटबाट पक्राउ « Khabarhub

श्रीमतीको हत्या गरी फरार तामाङ नुवाकोटबाट पक्राउ


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शङ्खरापुर नगरपालिका–९ सानागाउँमा श्रीमतीको हत्या गरी फरार पदमबहादुर तामाङ नुवाकोटबाट पक्राउ परेका छन् ।

यही वैशाख ७ गते धारिलो हतियार प्रहार गरी ४५ वर्षीय श्रीमती पुतलीमायाको हत्या तथा छोरा रिदम र छोरी सञ्जितालाई घाइते बनाइ फरार भएका उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

काठमाडौं परिसरको प्रहरी टोलीले नुवाकोट प्रहरीसँगको समन्वयमा निज तामाङलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी निजमाथी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ५८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल