गायक जस्टिन बीबरले श्रीमती हेलीसँग किन मागे माफी ? « Khabarhub

गायक जस्टिन बीबरले श्रीमती हेलीसँग किन मागे माफी ?


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी पप गायक जस्टिन बिबरले आफ्नी श्रीमती हेली बिबरसँग सार्वजनिक रुपमा माफी मागेका छन् ।

उनले सामाजिक सञ्जालमा मागेको माफीलाई फ्यानहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

जस्टिनको माफी २०२५ को संस्करणको ‘भोग’ म्यागजिनसँग सम्बन्धित छ । जुन मे २० मा सार्वजनकि भएको थियो । त्यसमा हेलीको तस्बिर समावेश छ ।

यही विषयले जस्टिन सार्वजनिक रुपमा माफी माग्न बाध्य भएका हुन् ।

जस्टिनले माफी मागेको पोस्टबाट थाहा हुन्छ कि- उनले श्रीमतीलाई उनले ठूलो झगडामा भनेका थिए- ‘कहिल्यै तिम्रो तस्बिर भोग म्यागजिनमा आउँदैन’ ।

श्रीमतीको तस्बिर म्यागजिनमा छापिनुलाई उनले खुसीका रुपमा लिएका छन् । अनि विगतको आफ्नो तितो बचनप्रति पछुतो मानेका छन् ।

उनले लेखेका छन्, ‘म बुझ्छु, त्यो निकै नै निर्दयी कुरा थियो । त्यसबेला मैले अपमानजनक टिप्पणी गरेको थिएँ ।’

सोही पोस्टमा उनले हेलीप्रति प्रेम पनि दर्शाएका छन् । उनले लेखेका छन्, ‘मैले जीवनमा धेरै मूर्खतापूर्ण कामहरू गरेको छु । तर, सबैभन्दा स्मार्ट निर्णय भनेको हेलीसँग विवाह गर्नु हो।’

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : १५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५