मनाइयो युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १४औँ जन्मजयन्ती « Khabarhub

मनाइयो युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १४औँ जन्मजयन्ती


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १४ औँ जन्मजयन्ती, उनको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  

जन्मजयन्तीका अवसरमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ । 

सो क्रममा प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित उनले नेपाली साहित्यमा पुर्‍याएको सिर्जनात्मक र क्रान्तिकारी योगदान बारे परिचर्चा गरिएको थियो  । 

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले युगकवि सिद्धिचरण श्रेष्ठलाई निरङ्कुश राणाशासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन सफल व्यक्तित्वको रूपमा चित्रण गरे ।  

वि.सं. १९६९ जेठ ९ गते ओखलढुङ्गामा जन्मिएका श्रेष्ठ नेपाली साहित्य क्षेत्रमा युगकविका नामले परिचित छन् । श्रेष्ठले आफ्नो जन्मभूमिको सम्झनामा लेखेको ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता निकै चर्चित छ ।  उनका ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरू पनि उत्तिकै चर्चामा छन् । 

उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपीला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति छन् । 

विसं १९९७ सालमा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता लेखेबापत तत्कालीन सरकारले उनलाई १८ वर्षको जेल सजाय तोकेको थियो ।  

श्रेष्ठको २०४९ जेठ २२ गते काठमाडौँको धर्मपथस्थित आफ्नै निवासमा निधन भएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १२ : ५८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने