मनाइयो युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १४औँ जन्मजयन्ती | Khabarhub Khabarhub

मनाइयो युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १४औँ जन्मजयन्ती


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १४ औँ जन्मजयन्ती, उनको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  

जन्मजयन्तीका अवसरमा शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ । 

सो क्रममा प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको युगकवि श्रेष्ठको प्रतिमामा माल्यार्पणसहित उनले नेपाली साहित्यमा पुर्‍याएको सिर्जनात्मक र क्रान्तिकारी योगदान बारे परिचर्चा गरिएको थियो  । 

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले युगकवि सिद्धिचरण श्रेष्ठलाई निरङ्कुश राणाशासनविरुद्ध नेपाली साहित्यमा क्रान्ति, सङ्घर्ष र बहुभाषिक सिर्जनालाई अघि बढाउन सफल व्यक्तित्वको रूपमा चित्रण गरे ।  

वि.सं. १९६९ जेठ ९ गते ओखलढुङ्गामा जन्मिएका श्रेष्ठ नेपाली साहित्य क्षेत्रमा युगकविका नामले परिचित छन् । श्रेष्ठले आफ्नो जन्मभूमिको सम्झनामा लेखेको ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता निकै चर्चित छ ।  उनका ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायतका मर्मस्पर्शी रचनाहरू पनि उत्तिकै चर्चामा छन् । 

उनका कविता संग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपीला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायतका कृति छन् । 

विसं १९९७ सालमा ‘क्रान्तिबिना शान्ति हुँदैन’ भन्ने कविता लेखेबापत तत्कालीन सरकारले उनलाई १८ वर्षको जेल सजाय तोकेको थियो ।  

श्रेष्ठको २०४९ जेठ २२ गते काठमाडौँको धर्मपथस्थित आफ्नै निवासमा निधन भएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १२ : ५८ बजे

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

 काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण

चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्तिबाट हेम सहानी सम्मानित 

धनगढी– चेतनदीप ऐडी जेहेन्दार छात्रवृत्तिबाट बाजुराको कोल्टीका हेमबहादुर साहनी सम्मानित

बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन बिग्रिएको

पत्नी सुशीलालाई बीपीको सन्देश– ‘देह र मनको सुखबाट अज्ञानीहरू मात्र गदगद हुन्छन्’

प्रिय सुशीला,हाम्रो दुःख अन्त्य हुने भएन । तिमीलाई मैले यसअघि

प्रभावकारी बन्दै ‘एक वडा, एक नमूना’ कार्यक्रम

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले सञ्चालन गरेको ‘एक वडा, एक नमूना