थाइल्याण्डको जेलमा रहेका वकिल अन्तर्राष्ट्रिय अधिकार पुरस्कारबाट सम्मानित « Khabarhub

थाइल्याण्डको जेलमा रहेका वकिल अन्तर्राष्ट्रिय अधिकार पुरस्कारबाट सम्मानित


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

बैंकक– राजतन्त्रको आलोचना गरेको आरोपमा जेल परेका थाइल्यान्डका एक वकिल अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारबाट सम्मानित भएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक सुधारका लागि गरेको प्रयासको कदरस्वरूप अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारबाट सम्मानित भएका हुन् । 

यस वर्ष जोखिममा रहेका मानव अधिकार रक्षकहरूका लागि ‘फ्रन्टलाइन डिफेन्डर्स पुरस्कार’ एसिया–प्यासिफिक क्षेत्रका ४० वर्षीय अर्नोन नाम्पालाई दिने निर्णय गरिएको  पुरस्कार निर्णायक समितिले जनाएको छ । 

थाइल्याण्डको कडा लेसे–माजेस्टे कानूनअन्तर्गत राजसंस्थाको आलोचना र अन्य अपराधमा दोषी ठहर भएपछि उनलाई २२ वर्षको जेल सजाय भएको र यसका लागि जेल जीवन बिताइरहेका छन् । 

‘थाई लयर्स फर ह्युमन राइट्स (टीएलएचआर)’ ले एक विज्ञप्ति जारी गर्दै अर्नोनले आफ्नो व्यक्तिगत सुरक्षाका लागि खतरा र गम्भीर जोखिमको सामना गर्नुपरे पनि मानव अधिकारको प्रवद्र्धन र संरक्षणमा खेलेको भूमिकाका लागि उनलाई सम्मान गरिएको जनाएको छ ।

आयरल्याण्डस्थित सङ्गठनले हरेक वर्ष प्रदान गर्दै आएको ‘फ्रन्ट लाइन डिफेन्डर्स अवार्ड’ले खतरामा परेका विश्वभरका अभियन्ताहरूको कामलाई उजागर गर्दछ।

डब्लिनमा आयोजित पुरस्कार समारोहमा आफ्नो परिवारका एक सदस्यले पढेर सुनाएको पत्रमा अर्नोनले यसलाई ‘गहिरो सम्मान’ भनेका छन् । उनले पुरस्कारले आफूलाई ‘भविष्यको बाटोको लागि शक्ति’ प्रदान गरेको बताए ।  

उनले आफ्नो अभियान थाइल्याण्डको राजनीतिक दमनलाई असहमतिको दमनद्वारा चिह्नित ‘पुरानो व्यवस्था’ विरुद्धको  एक पुस्तागत लडाईको रूपमा वर्णन गरे । 

सन् २०२० मा थाइल्याण्डमा भएको युवा नेतृत्वको प्रजातन्त्र समर्थक प्रदर्शनका क्रममा अर्नोनले सार्वजनिक रूपमा राजसंस्था र सेनासमर्थित सरकारको सुधारका लागि आह्वान गरेका थिए । 

उनी निषेधित भाषण र अनलाइन पोस्टहरूका लागि दण्ड संहिता (लेस माजेस्टे) को धारा ११२ अन्तर्गत दोषी ठहरेका छन् । यो धाराले प्रत्येक अपराधमा कम्तीमा १५ वर्षसम्मको जेल सजायको व्यवस्था गर्दछ।

टीएलएचआरका अनुसार उनको कुल जेल सजाय अहिले २२ वर्षको छ र उनी सेप्टेम्बर २०२३ देखि जेल जीवन बिताइ रहेका छन् । 

सन् २०२४ मा मात्रै उनले कम्तीमा ४१ वटा जमानतका लागि निवेदन दिएका थिए । 

एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचलगायतका अधिकारवादी समूहले अर्नोनलाई थुनामा राखिएको घटनाको निन्दा गर्दै उनको रिहाइको माग गरेका छन् । –रासस

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ४ : २१ बजे

प्रचण्ड नेतृत्वको नेकपामा थप चार पार्टी समाहित हुँदै : आज एकता घोषणा

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा

हङकङ आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता

काठमाडौं – हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण

आजदेखि एक सय दरको नयाँ नोट बजारमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपैयाँ दरको नयाँ

वचत तथा ऋण सहकारीहरूको अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली

ललितपुर– राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार

१४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र झापा गाउँपालिका-२ र