एआईको सदुपयोग गरी सकारात्मक उपलब्धिका लागि प्रयोग गर्नुपर्नेमा जोड « Khabarhub

एआईको सदुपयोग गरी सकारात्मक उपलब्धिका लागि प्रयोग गर्नुपर्नेमा जोड


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ललितपुर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुनाथ पन्तले बदलिँदो समयमा प्रविधिको विकाससँगै कृत्रिम बौद्धिकता (एआई)को सदुपयोग गरी सकारात्मक उपलब्धि हासिल गर्न प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

दक्षिण एसियाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सगरमाथा’को २९औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पन्तले एआईलाई आधारभूत मूल्य, मान्यतासहित सदुपयोग गर्दै सकारात्मक नतिजा आउने गरी प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए । 

‘कृत्रिम बौद्धिकताको सदुपयोग गर्न सकेमा यो सहयोगी बन्न सक्छ । गलत तरिकाले प्रयोग गरिएमा यसले असहज स्थिति निम्त्याउन सक्छ, तसर्थ हामी सहज हुँदै यसको प्रयोग गर्नुपर्ने आवश्यकता छ’, उनले भने ।

डिजिटल सञ्चारमाध्यमको विकास र प्रसारसँगै पत्रकारले सम्पादकको अनुमतिका लागि कसैको आदेश पर्खिनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भने, ‘आजका सञ्चारमाध्यमले प्रतिभावान् र क्षमतावान् व्यक्तिका लागि नयाँ अवसरहरू सिर्जना गरेकाले कसले आफ्नो क्षमता कति विकास गर्छ भन्ने विषय मेहनत र सक्रियताले निर्धारण गर्दछ ।’

मन्त्री पन्तले डिजिटल प्रविधिका कारण मोबाइल र अनलाइनमार्फत रेडियो सुन्न सकिने भएकाले सामुदायिक रेडियोलाई प्रविधिसँग जोडेर अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सामुदायिक रेडियोहरूले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका बताउँदै भनिन्, ‘सामुदायिक रेडियो सञ्चालनमा केही जटिलता छन्, ती समस्याको समाधानका लागि मन्त्रालयबाट आवश्यक समन्वय र सहयोग गरिनेछ ।’

कार्यक्रमको प्रमुख विषयवस्तु ‘डिजिटल प्रविधि र कृत्रिम बौद्धिकताले ल्याएको चुनौती र अवसर’ मा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्यालले एआईलाई चुनौती होइन, अवसरका रूपमा लिनुपर्ने धारणा राखे। 

उनले भने, ‘कृत्रिम बौद्धिकतालाई स्वयं प्रयोग गरेर तथ्यहीन सामग्रीको सत्यता पत्ता लगाउन सकिन्छ, यसमा आफू सचेत हुनु जरुरी छ । प्रविधिको विकाससँगै हामीले पनि आफ्नो क्षमताको पनि विकास गर्दै जानुपर्छ ।’ –रासस
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ६ : ४८ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको