आइफोन र युरोपेली संघमाथि एकसाथ ट्रम्पको आक्रमण, भनेको नटेरे कर थोपरिदिने चेतावनी « Khabarhub

आइफोन र युरोपेली संघमाथि एकसाथ ट्रम्पको आक्रमण, भनेको नटेरे कर थोपरिदिने चेतावनी


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एपल कम्पनीलाई अमेरिकाबाहिर बनेका आइफोनहरूमा २५ प्रतिशत आयात शुल्क (कर) लगाउने चेतावनी दिएका छन् ।

उनले आउँदो जुन महिनाबाट युरोपेली संघबाट आउने सामानमा ५० प्रतिशत कर लगाउने प्रस्तावसमेत अघि सारेका छन्।

शुक्रबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेख्दै भने, ‘मैले एप्पलका प्रमुख टिम कुकलाई पहिले नै अमेरिकामा बेचिने आइफोनहरू भारत वा अन्य देशमा नभई अमेरिकामै उत्पादन हुनुपर्छ भनेको छु ।’

उनले यदि यस्तो नभए एप्पलले कम्तिमा २५ प्रतिशत कर तिर्नुपर्ने चेतावनी पनि उनले दिएका छन् ।

ट्रम्पले अर्को पोस्टमा युरोपेली संघसँगको व्यापारबारे पनि उल्लेख गरे । ‘अमेरिकासँग लाभ उठाउनकै लागि निर्माण गरिएको युरोपेली संघसँग सम्झौता गर्न अत्यन्तै कठिन भएको छ’, उनले भने ।

ट्रम्पले व्यापारिक अवरोध, भ्याट कर, अनावश्यक कर्पोरेट सजाय, मौद्रिक चलाखी र अमेरिकी कम्पनीहरूमाथि अन्यायपूर्ण मुद्दा चलाउने जस्ता कारणले हरेक वर्ष अमेरिका २५ अर्ब डलरभन्दा बढी घाटामा परेको बताए । जसलाई उनले पूर्णरूपमा अस्वीकार्य भनेका छन् ।

उनले भने, ‘हाम्रो वार्ता कुनै निष्कर्षमा पुगिरहेको छैन, त्यसैले म सन् २०२५ जुन १ देखि युरोपेली संघमा सिधै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दछु।’

यद्यपि, ट्रम्पले यदि कुनै उत्पादन अमेरिकाभित्रै तयारी गरिएको भए त्यसमा कुनै पनि कर नलगाउने पनि बताएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : ०२ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो