आइफोन र युरोपेली संघमाथि एकसाथ ट्रम्पको आक्रमण, भनेको नटेरे कर थोपरिदिने चेतावनी « Khabarhub

आइफोन र युरोपेली संघमाथि एकसाथ ट्रम्पको आक्रमण, भनेको नटेरे कर थोपरिदिने चेतावनी


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एपल कम्पनीलाई अमेरिकाबाहिर बनेका आइफोनहरूमा २५ प्रतिशत आयात शुल्क (कर) लगाउने चेतावनी दिएका छन् ।

उनले आउँदो जुन महिनाबाट युरोपेली संघबाट आउने सामानमा ५० प्रतिशत कर लगाउने प्रस्तावसमेत अघि सारेका छन्।

शुक्रबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेख्दै भने, ‘मैले एप्पलका प्रमुख टिम कुकलाई पहिले नै अमेरिकामा बेचिने आइफोनहरू भारत वा अन्य देशमा नभई अमेरिकामै उत्पादन हुनुपर्छ भनेको छु ।’

उनले यदि यस्तो नभए एप्पलले कम्तिमा २५ प्रतिशत कर तिर्नुपर्ने चेतावनी पनि उनले दिएका छन् ।

ट्रम्पले अर्को पोस्टमा युरोपेली संघसँगको व्यापारबारे पनि उल्लेख गरे । ‘अमेरिकासँग लाभ उठाउनकै लागि निर्माण गरिएको युरोपेली संघसँग सम्झौता गर्न अत्यन्तै कठिन भएको छ’, उनले भने ।

ट्रम्पले व्यापारिक अवरोध, भ्याट कर, अनावश्यक कर्पोरेट सजाय, मौद्रिक चलाखी र अमेरिकी कम्पनीहरूमाथि अन्यायपूर्ण मुद्दा चलाउने जस्ता कारणले हरेक वर्ष अमेरिका २५ अर्ब डलरभन्दा बढी घाटामा परेको बताए । जसलाई उनले पूर्णरूपमा अस्वीकार्य भनेका छन् ।

उनले भने, ‘हाम्रो वार्ता कुनै निष्कर्षमा पुगिरहेको छैन, त्यसैले म सन् २०२५ जुन १ देखि युरोपेली संघमा सिधै ५० प्रतिशत कर लगाउने सिफारिस गर्दछु।’

यद्यपि, ट्रम्पले यदि कुनै उत्पादन अमेरिकाभित्रै तयारी गरिएको भए त्यसमा कुनै पनि कर नलगाउने पनि बताएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : ०२ बजे

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर