गाजामा नरसंहारविरुद्ध बोलेपछि बेलायत, फ्रान्स र क्यानडामाथि खनियो इजरायल « Khabarhub

गाजामा नरसंहारविरुद्ध बोलेपछि बेलायत, फ्रान्स र क्यानडामाथि खनियो इजरायल


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजा युद्धसम्बन्धी टिप्पणीलाई लिएर बेलायत, फ्रान्स र क्यानडाका नेताहरूमाथि आक्रोश पोखेका छन् ।

नेतन्याहुले यी तीन देशका नेताहरूका अभिव्यक्तिबाट उनीहरू हमासलाई सत्तामा राख्न चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘उनीहरू (बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन् र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी) हत्यारा, बलात्कारी, बालहत्यारा र अपहरणकारीहरूको साथ दिइरहेका छन्’, उनले भनेका छन् ।

केही दिनअघि बेलायत, फ्रान्स र क्यानडाले गाजामा इजरायलद्वारा भइरहेको आक्रमणलाई ‘अत्यधिक’ निन्दा गरेका थिए। ती देशहरूले गाजाको मानवीय स्थितिलाई ‘असहनीय’ भनेर इजरायलको चर्को आलोचना गरेका थिए ।

यी तीनै मुलुकहरू १९ महिनाअघि हमासद्वारा इजरायलमा गरिएको घातक आक्रमणपश्चात् इजरायलको पक्षमै उभिएका थिए।

इजरायल र गाजाबीचको यो संघर्ष सन् २०२३ को अक्टोबर ७ देखि जारी छ । त्यसयता गाजामा कम्तीमा ५३ हजार मानिसको मृत्यु भइसकेको छ । इजरालयले १५ हजार बालकालिकाकै ज्यान लिइसकेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : १५ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६