तीनकुने प्रकरण : दुर्गा प्रसाईंसहित १०८ जनालाई मुद्दा चलाउने रायसहित प्रहरीले बुझायो प्रतिवेदन « Khabarhub

तीनकुने प्रकरण : दुर्गा प्रसाईंसहित १०८ जनालाई मुद्दा चलाउने रायसहित प्रहरीले बुझायो प्रतिवेदन


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको जानकारी दिए । उनले आरोपीलाई फरक फरक मुद्दा चलाउनुपर्ने राय दिइएको पनि बताए । झन्डै दुई महिना लगाएर प्रहरीले उक्त घटनाको अनुसन्धान गरी प्रतिवेदन तयार गरेको हो ।

आरोपीहरूमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराधलगायतका मुद्दा चलाउनुपर्ने प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
 
गएको चैत १५ गते राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो । त्यस घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर जबरा, मेडिकल व्यवसायी दुर्गा प्रसाईँलगायतका व्यक्ति आरोपी छन् । 

जिल्ला सरकारी वकिलको कार्यालयले आजै मुद्दा दर्ताको तयारी गरेको थियो । तर समय अभाव भएकाले आज दर्ता नभएको र आइतबार दर्ता गर्ने तयारी गरिएको जनाइएको छ । –रासस
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : २८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको