चीनको सिन्जियाङबाट भागेका युवालाई देश निकाला नगर्न कजाख सरकारलाई मानव अधिकारवादी संस्थाको आग्रह « Khabarhub

चीनको सिन्जियाङबाट भागेका युवालाई देश निकाला नगर्न कजाख सरकारलाई मानव अधिकारवादी संस्थाको आग्रह


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको सिन्जियाङबाट भागेका २३ वर्षीय कजाख युवालाई देश निकाला नगर्न मानव अधिकारवादी संस्थाले कजाखस्तान सरकारसमक्ष आग्रह गरेको छ । आताजुर्त नामक संस्थाले कजाखस्तान सरकारसमक्ष सिन्जियाङबाट भागेका २३ वर्षीय येर्जनात एबइलाई देश निकाला नगर्न आग्रह गरेको हो ।

संस्थाका अध्यक्ष शेरिखजान बिलाशले चिनियाँ नागरिक एबइ चीनको पान्फिलोभ नगर बन्दीगृहबाट भागेर आएको जनाएका छन् । रेडियो फ्रि एशियाका अनुसार उक्त बन्दीगृह चीनसँगको सीमबाट झण्डै ४० किलोमिटर टाढा पर्छ ।

शेरिखजान हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । चीनले सिन्जियाङ क्षेत्रमा स्थानीय मुसलमान धर्मावलम्बी उइग्युर, कजाख, तुर्किकजस्ता समुदायमाथि दमन गर्दै आएको विभिन्न मानव अधिकारवादी संस्थाहरुले आरोप लगाउँदै आएका छन् ।

देशनिकाला गरिए चीनमा एबइले यातना भोग्ने सम्भावना रहेको भन्दै उक्त संस्थाले यस्तो आग्रह गरेको हो । हाल एबइ कखाज प्रहरीको हिरासतमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : ३२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता