चीनको सिन्जियाङबाट भागेका युवालाई देश निकाला नगर्न कजाख सरकारलाई मानव अधिकारवादी संस्थाको आग्रह « Khabarhub

चीनको सिन्जियाङबाट भागेका युवालाई देश निकाला नगर्न कजाख सरकारलाई मानव अधिकारवादी संस्थाको आग्रह


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको सिन्जियाङबाट भागेका २३ वर्षीय कजाख युवालाई देश निकाला नगर्न मानव अधिकारवादी संस्थाले कजाखस्तान सरकारसमक्ष आग्रह गरेको छ । आताजुर्त नामक संस्थाले कजाखस्तान सरकारसमक्ष सिन्जियाङबाट भागेका २३ वर्षीय येर्जनात एबइलाई देश निकाला नगर्न आग्रह गरेको हो ।

संस्थाका अध्यक्ष शेरिखजान बिलाशले चिनियाँ नागरिक एबइ चीनको पान्फिलोभ नगर बन्दीगृहबाट भागेर आएको जनाएका छन् । रेडियो फ्रि एशियाका अनुसार उक्त बन्दीगृह चीनसँगको सीमबाट झण्डै ४० किलोमिटर टाढा पर्छ ।

शेरिखजान हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । चीनले सिन्जियाङ क्षेत्रमा स्थानीय मुसलमान धर्मावलम्बी उइग्युर, कजाख, तुर्किकजस्ता समुदायमाथि दमन गर्दै आएको विभिन्न मानव अधिकारवादी संस्थाहरुले आरोप लगाउँदै आएका छन् ।

देशनिकाला गरिए चीनमा एबइले यातना भोग्ने सम्भावना रहेको भन्दै उक्त संस्थाले यस्तो आग्रह गरेको हो । हाल एबइ कखाज प्रहरीको हिरासतमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : ३२ बजे

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

काठमाडौं– हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा