महानायकको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ फ्लप मध्येमा धेरै व्यापार गर्ने बन्यो « Khabarhub

महानायकको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ फ्लप मध्येमा धेरै व्यापार गर्ने बन्यो


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महानायकको छवि बनाएका राजेश हमालले गत जेठमा ९ वर्षपछि फुलफ्लेज हिरो भएर ठूलो पर्दामा कमब्याक गरे ।

वि.सं २०७३ मा प्रदर्शनमा आएको फिल्म ‘सकुन्तला’ यता उनी ठूलो पर्दाको अभिनयमा निस्क्रिय बनेका थिए ।

तर, उनी ठूलो पर्दाबाट चटक्कै टाढा भने थिएनन् । केही फिल्ममा उनी अथितीय भूमिका देखिएका थिए ।

उनी लगातार फिल्म फ्लप बन्न लागेपछि ठूलो पर्दाको अभिनयबाट टाढिएका थिए । यो कुरा उनले सार्वजनिक मञ्चमै स्वीकार गरेका छन् ।

कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ जेठ ९ मा प्रदर्शनमा आयो । तर, यसको व्यापारिक आकँडा र समीक्षा हेर्दा उनको कमब्याक सुखद रहेन ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको ग्रस कलेक्सन एक करोड ७५ लाख ६० हजार १७६ छ । यो फिल्म हेर्न ६३ हजार २८२ जना दर्शक हलमा पुगेको तथ्यांकमा देखिन्छ ।

समीक्षकहरु पनि हमालको कमब्याकमा सन्तुष्ट देखिएनन् ।

यता, बक्स अफिस कलेक्सनबाट यो फिल्मको लगानी सुरक्षित भएको पाइँदैन । व्यापारिकरुपमा फ्लप भएको छ ।

यस अर्थमा महानयकको कमब्याक फ्लप बनेको छ ।

फिल्म ‘नरसिंहा : अभतार’का कलाकारहरु

फ्लप मध्येको बढी व्यापार गर्ने फिल्म

चलचित्र विकास बोर्डका अनुसार जेठ महिनामा पाँच फिल्म ‘हेल्लो काँशीराम’, ‘के घर के डेरा : घर नम्बर २’, ‘नरसिंहा अभतार’, ‘जन्ते बाख्रो’ र ‘महाभोज’ प्रदर्शनमा आएका छन् ।

यी मध्ये ‘महाभोज’ र ‘जन्ते बाख्रो’ प्रदर्शनरत छन् । ‘महाभोज’को पनि व्यापार कमजोर छ । पहिलो साता यसले ५७ लाखभन्दा केही बढीको मात्रै व्यापार गरेको छ ।

जेठ २३ बाट प्रदर्शनरत ‘जन्ते बाख्रो’ले असार पहिलो सातासम्म करिब ३६ लाखको व्यापार गरेको छ ।

यी दुई फिल्म पनि फ्लप उन्मुख नै छन् । लाइफ टाइम ग्रस कलेक्स एक करोड पुर्‍याउन पनि यी फिल्मलाई मुस्किल पर्ने देखिन्छ । यी दुवै फिल्मको सुरुवाती साताका व्यापार कमजोर हो ।

अन्य तीन फिल्म ‘हेल्लो काँशीराम’, ‘घर नम्बर २’ र ‘नरसिंहा : अभतार’ हलमा उत्रिसकेका छन् ।

‘हेल्लो काँशीराम’को व्यापार त बिजोग नै छ । यसको ग्रस कलेक्सन जम्मा २६ हजार ९०० मात्रै छ । यो फिल्म हेर्न ११० जना मात्रै हलमा पुगेका छन् ।

बक्स अफिस रिपोर्ट हेर्दा ‘घर नम्बर २’ पनि फ्लप भएको छ । यसले लाइफटाइम ग्रस कलेक्सन ५७ लाख ७० हजार ७३२ मात्रै छ ।

‘नरसिंहा : अभतार’बाहेक जेठमा प्रदर्शनमा आएका सबै फिल्मको व्यापार लाखमै सीमित छ ।

करोडमा व्यापार गर्ने एक्लो फिल्म ‘नरसिंहा : अभतार’ हो । अर्थात्, जेठमा प्रदर्शनमा आएका फ्लप फिल्महरुमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म यही हो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ४९ बजे

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले अधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर

नेपाल–चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले नेपाल–चीन आर्थिक सहकार्य र लगानी वृद्धिमा

आईपीएल अक्सन : क्यामरुन ग्रीनले बनाए महंगो खेलाडीको कीर्तिमान, कुन खेलाडी कतिमा बिके ?

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सनमा अष्ट्रेलियाका