इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर « Khabarhub

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता पाएको ठहर गरेको छ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै रक्षा मन्त्री पिटर हेगसेथले यसको पूर्ण असर थाहा पाउन अझ बाँकी नै रहेको भए पनि अपेक्षाकृत सफलता पाएको बताए।

सेनाका अधिकारी इरानसँग आणविक हतियारको क्षमता छ या छैन भन्ने अहिले नै यकिन गर्न कठिन भएको बताउँछन्।

राष्ट्रपति ट्रम्प र रक्षा मन्त्री हेगसेथले तेहरानको आणविक हतियारको लक्ष्यमा नै पूर्ण विराम लागेको बताएका छन्।

इजरायलका राष्ट्रपति आयज्याक हेरगोजले आफूले यो कुराको पूर्ण रूपमा अन्त्य भएको यकिन गर्न नसकेको बताएका छन्। तथापि उनले इजरायल र अमेरिकाले गरेको आक्रमण एकदमै कडा भएको समेत बताए।

अमेरिकी अधिकारीका अनुसार ‘अपरेसन मिडनाइट ह्यामर’ नाम दिइएको सो आक्रमणमा फोरडोह र नातान्जमा एक दर्जन भन्दा बढी बङ्कर ब्लस्टर बम प्रहार गरिएको थियो। इस्फाहानमा भने टोमाह्वाक प्रहार गरिएको थियो।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : ३८ बजे

इरान–इजरायल तनाव थप चर्कियो

एजेन्सी– मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)