वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए | Khabarhub Khabarhub

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५ अर्ब ९२ करोडका इन्धनबाट चल्ने सानाठूला सवारीसाधन भित्रिएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ५९ हजार ४७४ सवारीसाधन आयात भएका हुन् । सो अवधिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र १५ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आवको ११ महिनामा पाँच अर्ब ७८ करोड मूल्यका ४४ हजार ४४० अनएसेम्वल्ड मोटरसाइकल आयातबाट पाँच अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छ भने दुई अर्ब ६३ करोडका एक हजार ३०७ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् ।

त्यस्तै सोही अवधिमा एक अर्ब ८० करोडका आठ सय ३९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् ।

त्यसैगरी, चालु आवको ११ महिनामा एक अर्ब १६ करोड मूल्य पर्ने पाँच हजार २२० ट्र्याक्टर तथा ट्रिलर आयात भएका छन् । सोही अवधिमा एक अर्ब दुई करोड मूल्यका तीन सय ७४ वटा बस, ६७ करोड मूल्यका एक सय ३१ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् । सोही अवधिमा ६६ करोड मूल्यका दुई सय ७६ वटा ट्रक, मिनीट्रक आयात भएका छन् ।

त्यस्तै, सोही अवधिमा ३९ करोड मूल्यका चार हजार १६० वटा तयारी मोटरसाइकल आयात भएका छन् भने सोही अवधिमा एक अर्ब ८४ करोड २३ लाखका सानाठूला दुई हजार ३८५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।

ती विद्युतीय सवारीसाधनको आयातबाट एक अर्ब ८४ करोड २७ लाख राजस्व सङ्कलन गरेको जनाएको छ । समग्रमा चालु आवको ११ महिनामा सवारीसाधन र तिनका पार्टपुजा आयातबाट १७ अर्ब ७० करोड राजस्व सङ्कलन भएको छ । (रासस)

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : २८ बजे

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा

मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस– सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक

मेलम्ची संघर्ष समिति गुनासो : काठमाडौंबासीले खानेपानी पाउँदा हामीले केही पाएनौँ, मुहानको ताला खोल्दैनौँ

सिन्धुपाल्चोक, हेलम्बु- मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिले माग पूरा नभएकाले

एनपीएल सिजन २ को ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडियो ओमोडा एन्ड जेइको !

काठमाडौं– ओमोडा एन्ड जेइकोले नेपालकै प्रतिष्ठित क्रिकेट लिग ‘नेपाल प्रिमियर लिग