एकताको फिल्म ‘हर्ष’ स्व निर्देशक शिव रेग्मीप्रति समर्पित, मंसिर १२ बाट प्रदर्शनमा आउने « Khabarhub

एकताको फिल्म ‘हर्ष’ स्व निर्देशक शिव रेग्मीप्रति समर्पित, मंसिर १२ बाट प्रदर्शनमा आउने


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकता पौडेलको डेब्यू निर्देशन रहेने फिल्म ‘हर्ष’को प्रदर्शन मिति मंसिर १२ लाई तोकिएको छ ।

सोमबार निर्माण पक्षले टाइटल भिडियो सार्वजनिक गरी प्रदर्शन मिति र शीर्ष कलाकारबारे जानकारी गराएको हो ।

उक्त भिडियो अनुसार फिल्मको नायक खगेन्द्र लामिछाने हुन् भने नायिका वर्षा राउत रहेकी छन् । सन्तोष पन्त र शर्मिला मल्ल मुख्य भूमिकामा रहेका छन् ।

एकता पौडेल स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । यस क्षेत्रमा उनको परिचय पनि शिव रेग्मीकै भान्जीकारुमा विस्तार भइरहेको छ ।

टाइटल भिडियोको सुरुवातमै फिल्म ‘हर्ष’ ‘स्वर्गीय मामा’ अर्थात् शिव रेग्मीप्रति समर्पित भन्ने उल्लेख गरिएको छ । अर्थात्, एकताले यो फिल्म शिव रेग्मीप्रति समर्पित गरेकी छन् ।

यो फिल्मको प्रोस्ट प्रोडक्सनको काम अहिले जारी छ । दर्शकले मंसिरमा फरक स्वादको फिल्म ‘हर्ष’ हेर्न पाउने एकताको विश्वास छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई(प्राईम मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखक निर्देशक पौडेल आफैँ हुन् । फिल्मको निर्माताहरु प्रशन्न पौडेल र विकास पौडेल हुन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : २८ बजे

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन