इरानले इजरायलमाथि दिउँसै गर्‍यो अहिलेसम्मकै लामो आक्रमण, दक्षिणी क्षेत्रका सहरमा बिजुली बन्द | Khabarhub Khabarhub

इरानले इजरायलमाथि दिउँसै गर्‍यो अहिलेसम्मकै लामो आक्रमण, दक्षिणी क्षेत्रका सहरमा बिजुली बन्द


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

तेहरान- इजरायलसँगको लडाइँ तीव्र बन्दै गर्दा इरानले सोमबार दिउँसै ठूलो आक्रमण गरेको छ ।

इजरायलका पूर्व न्यायमन्त्री योसी बेलिनले सोमबार दिउँसै आक्रमण भएको बताएका छन् । उनले यसलाई १३ जुनबाट सुरु भएको लडाइँको अहिलेसम्मकै सबैभन्दा लामो आक्रमणका रुपमा व्याख्या गरेका छन् ।

तेलअभिभबाट अल जजिरासँग कुरा गर्दै बेलिनले भने, ‘यो आक्रमणमा कुनै मानवीय क्षति भएन, तर केही भौतिक क्षति पुगेको छ, जसको विवरण अझै स्पष्ट भइसकेको छैन।’

उनका अनुसार यसरी इरानले दिउँसै एकदमै दुर्लभ आक्रमण गरेको हो । उनले सामान्यतया यस्तो आक्रमण रातिको समयमा हुने पनि बताएका छन् ।

बेलिनले इजरायलले इरानको हतियारको ठूलो हिस्सा नष्ट गरे पनि इरानी सेनासँग अझै पनि प्रशस्त मिसाइल र ड्रोनहरू बाँकी रहेको बताए।

उनका अनुसार इजरायली सेनाले इरानका धेरै ड्रोनहरू निष्क्रिय गर्न सफल भएको छ । तर उनीहरूसँग अझै पनि दैनिक प्रयोग गर्न सक्ने पर्याप्त संख्यामा हतियार रहेको कुराले इजरायललाई चिन्तित बनाएको छ ।

इरानी मिसाइल आक्रमणले इजरायलको दक्षिणी क्षेत्रहरूमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । द टाइम्स अफ इजरायलका अनुसार, इजरायल इलेक्ट्रिक कर्पोरेशनले एक ‘रणनीतिक पूर्वाधार संरचना’ नजिकै मिसाइल आक्रमण भएको पुष्टि गरेको छ। उक्त क्षेत्रका केही सहरहरूमा अहिले विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

‘विद्युत् आपूर्ति यथासक्य चाँडो पुन:स्थापना गर्ने उद्देश्यले प्राविधिक टोलीहरू विभिन्न स्थानतर्फ जाँदै छन्’, समाचारमा भनिएको छ, ‘पूर्वाधार मर्मत तथा सुरक्षा जोखिम हटाउने कार्य सुरक्षा निकायसँगको समन्वयमा भइरहेका छन्।’

आक्रमणको समयमा करिब ३५ मिनेटसम्म साइरन बजेको थियो। च्यानल १३ का अनुसार युद्ध सुरु भएदेखि इजरायलीहरूले यो अहिलेसम्मको सबैभन्दा लामो समय सेल्टरमा बिताएका हुन्।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : १० बजे

भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा सांसदलाई ह्वीप

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो

एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं– उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली

रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र अमेरिकाले इरानमाथि गरेका

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले