‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’ « Khabarhub

‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन् ।

संघीय संसद् अन्तर्गत अर्थ समितिको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सचिवहरूले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुनमा करको दर बढाएको बताएका उनले झूटो कुरा नगर्न सचेत गराए ।

समितिमा सोमबार आर्थिक विधेयकमार्फत् सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघको निवेदन र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको हो ।

जसबारे बोल्दै उनले यो विधेयकले सुन भारतबाट किनेर ल्याऊ र नेपालको व्यवसाय बन्द गर भन्ने देखिएको जिकिर गरे ।

‘यो सुन गएर भारतबाट किनेर ल्याऊ, नेपालको व्यवसाय बन्द गर भनेर भारतीय दूतावासबाट काम भएको हो । ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् त । सम्पति शुद्धिकरण गर्ने हो । करको दायरामा ल्याउने हो । करको दररेट बढाउने हो ? यो त करको दायरामा छ त । १० प्रतिशत छैन । जो दायरामा छैन, त्यसलाई ल्याउने हो । ग्रे लिस्टबाट हट्न सम्पति शुद्धिकरण गर्नुपर्छ’, उनले भने ।

सुनमा करको दर बढाएर ग्रे लिस्टबाट निस्किन नसक्ने उनले बताए । ‘गाह्रो हुने उपभोक्तालाई हो, व्यापारीलाई गाह्रो होइन । करको दररेट बढाउनु भनेको नेपालका सुन व्यवसायी डुब, बन्द गर, हामी कमिसन खान्छौँ, पारीका व्यवसायीलाई फाइदा दिन्छौँ भनेको हो । यसलाई रोक्न निर्देशन नदिए नेपालमा १० लाख परिवारको घर उजाड हुन्छ’, उनले भने ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : १८ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का