मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने | Khabarhub Khabarhub

मस्को पुगे इरानी विदेशमन्त्री अरागची, पुटिनसँग निर्णायक र गम्भीर वार्ता हुने


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

मस्को- इरानी विदेशमन्त्री अब्बास अरागची रसिया पुगेका छन् । इजरायलले आक्रमण गरेपछि बनेको असाधारण परिस्थितिबीच तेहरान र मस्कोबीच गहिरो परामर्श हुन लागेको हो ।

इरानमा इजरायलीसँगै अमेरिकी हमलापछि मस्को पुगेका अरागचीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निर्णायक र गम्भीर भेटवार्ता हुने अपेक्षा व्यक्त गरेका छन् ।

गत आइतबार अमेरिकी सेनाले फोर्डो, नताञ्ज र इस्फाहानस्थित इरानी आणविक केन्द्रहरूमा हमला गरेको थियो । उक्त अमेरिकी कारबाही इजरायललाई इरानविरुद्धको अपरेशनमा समर्थनस्वरूप भएको दाबी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए ।

सोमबार बिहान मस्को पुगेसँगै सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा अरागचीले भने, ‘हाल क्षेत्रीय परिस्थिति अत्यन्त असामान्य बनेकाले इरान र रुसबीच अझ नजिक, स्पष्ट र गम्भीर संवाद अपरिहार्य भएको छ ।’

उनले रुससँग गम्भीर वार्ता हुने बताएका छन् । ‘स्वाभाविक रूपमा, यसपटकका वार्ताहरू अझ गहिरा र विस्तृत आयाममा केन्द्रित हुनेछन्। पुटिनसँगका छलफल महत्त्वपूर्ण र गम्भीर हुनेछन् । मलाई विश्वास छ त्यसका परिणाम दुवै राष्ट्रका पक्षमा पर्नेछन्।’

हालसम्म पुटिन र अरागचीबीचको बैठकबारे क्रेमलिनले औपचारिक पुष्टि गरेको छैन। तर राष्ट्रपति पुटिनले अघिल्लो साता सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपीआईईएफ) मा बोलेका थिए ।

‘इरानलाई शान्तिपूर्ण प्रयोजनका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार छ,’ उनले भने, ‘समाधानको खोजी गर्दा इरानको यो अधिकारसँगै इजरायलको सुरक्षा सुनिश्चित हुने ग्यारेन्टी पनि हुनुपर्छ ।’

अरागचीले रुसलाई ‘रणनीतिक साझेदार’ को संज्ञा दिँदै क्षेत्रीय मामिलामा नियमित संवाद कायम रहेको उल्लेख गरे। उनले भने, ‘हालै अमेरिकासँग भएका आणविक वार्ताहरूका क्रममा इरानले रुससँग हरेक चरणमा निरन्तर परामर्श गर्दै आएको छ।’

रुसले इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा शब्दमा निन्दा गरेको छ। शनिबार जारी गरेको विज्ञप्तिमा रुसी विदेश मन्त्रालयले ती आक्रमणलाई ‘गैरजिम्मेवार निर्णय’ र ‘संयुक्त राष्ट्रसंघको बडापत्र तथा सुरक्षा परिषदका प्रस्तावहरूको स्पष्ट उल्लंघन’ भनेको छ।

रुसले चेतावनी दिँदै सुरक्षा परिषदको स्थायी सदस्य राष्ट्रबाट गरिएका ती हमलाले सम्भावित आणविक दुर्घटना निम्त्याउने खतरा बढाएको जनाएको छ । मध्यपूर्वमा ठूलो स्तरको द्वन्द्वको सम्भावना धेरै बढेको पनि रुसले जनाएको थियो ।

इजरायलले जुन १३ मा इरानमाथि आक्रमण सुरु गर्दै इरान परमाणु हतियार निर्माणको नजिक पुगेको आरोप लगाएको थियो। तर तेहरानले उक्त आरोप अस्वीकार गर्दै जवाफी आक्रमण गरेको थियो।

यी आक्रमणहरूलाई व्यापक रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लंघनको रूपमा निन्दा गरिएको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसीले जुन २० मा यी आक्रमणहरूले आणविक सुरक्षा र संरचनामा गम्भीर क्षति गरेको बताएका थिए ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ५७ बजे

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै

नयाँ दलमा विलय भएका माधव नेपालले घनश्याम भुसालसहित ६ जनालाई एकीकृत समाजवादीबाट निकाले

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नै नेकपा माओवादी केन्द्र