चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि « Khabarhub

चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार, चीनको कुल विद्युत उत्पादन क्षमता २०२५ मे महिनाको अन्त्यसम्म ३.६१ अर्ब किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले वृद्धि भएको हो।

कुल क्षमतामध्ये सौर्य ऊर्जाको योगदान उल्लेखनीय रहेको छ। सौर्य विद्युत उत्पादन क्षमता १.०८ अर्ब किलोवाट पुगेको छ, जसमा गत वर्षको तुलनामा ५६.९ प्रतिशतको वृद्धि देखिएको छ। त्यस्तै, पवन ऊर्जाको उत्पादन क्षमता पनि वृद्धि भई ५७ करोड किलोवाट पुगेको छ, जुन २३.१ प्रतिशतले बढेको हो।

लगानीको पक्षमा हेर्दा, मुख्य विद्युत उत्पादन कम्पनीहरूले सन् २०२५ को जनवरीदेखि मे महिनासम्मका अवधिमा विद्युत उत्पादन परियोजनाहरूमा कूल २५७.८ अर्ब युआन (अन्दाजी ३५.९५ अर्ब अमेरिकी डलर)लगानी गरेका छन्। यो लगानी अघिल्लो वर्षको तुलनामा ०.४ प्रतिशतले वृद्धि भएको हो।

यस्तै, विद्युत प्रसारण र वितरण (ग्रिड) परियोजनाहरूमा गरिएको लगानीमा पनि १९.८ प्रतिशतको वृद्धि भई कुल २०४ अर्ब युआन पुगेको उल्लेख गरिएको छ। 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : १५ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण