अनमोलको हातमा दुई फिल्म, ‘बटुलो जुन’ पछि ‘ए मेरो हजुर ५’ गर्ने « Khabarhub

अनमोलको हातमा दुई फिल्म, ‘बटुलो जुन’ पछि ‘ए मेरो हजुर ५’ गर्ने


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसी विगतमा एक फिल्म प्रदर्शनमा आएपछि मात्रै अर्को साइन गर्ने गर्थे । उनी पाइपलाइनमा राखेर फिल्म गर्ने नायकमा पर्दैनन् ।

उनी आफैँ भन्दै आएका थिए, ‘म वर्षमा एउटा फिल्म गर्छु । एउटा फिल्म प्रदर्शनमा आएपछि मात्रै अर्को साइन गर्छु ।’

तर, अहिले अनमोलको पाइपलाइनमा छायाङ्कन गर्न बाँकी दुई फिल्म रहेका छन् ।

अनमोल चाँडै ‘बाटुलो जुन’को छायाङ्कनमा निस्कने तयारीमा छन् । यो उनको होम प्रोडक्सनमको फिल्म हो ।

‘बाटुलो जुन’को निर्देशक अनमोलका बुवा भुवन केसी हुन् । भुवनकी श्रीमती जिया केसीको दर्ता गरेको नयाँ ब्यानर सनराइज पिक्चर्स प्रालिबाट यो फिल्म बन्दैछ ।

यो पनि : फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर, अनमोल पनि विपक्षी

यो फिल्ममा नायिका प्रिन्सी खतिवडा फाइनल भएकी छन् । यस फिल्ममा अनमोल र भुवन दुवै शीर्ष भूमिकामा रहनेछन् । अर्थात्, यी बुवा छोरालाई एकै फिल्ममा शीर्ष भूमिकामा दर्शकले पहिलो पटक देख्न पाउने भएका हुन् ।

अहिले अनमोलले अर्को फिल्म ‘ए मेरो हजुर ५’मा आफ्नो अभिनय रहने सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

यो फिल्मको नायिका सुहान थापा हुन् । उनकै आमा झरना थापाले यो फिल्म निर्देशन गर्ने बुझिएको छ । सुहानाको होम ब्यानर सुहाना थापा एन्टरटेन्मेटबाटै यो फिल्म बन्ने बुझिएको छ ।

अनमोल र सुहानाले यसअघि ‘ए मेरो हजुर ४’मा सहकार्य गरेका थिए ।

‘बाटुलो जुन’को छायाङ्कन सकिएपछि ‘ए मेरो हजुर ५’को काम अगाडि बढाउने तयारीमा अनमोल रहेको बुझिएको छ ।

पछिल्लो समय ‘ए मेरो हजुर ५’ का लागि विभिन्न नायकलाई प्रस्ताव गएको गसिप बाहिरिरहेका थिए । प्रदीप खड्का, समीर भट्ट र पल शाहसम्मलाई यो फिल्मको लागि प्रस्ताव गएको चर्चा थियो ।

अनमोलको शीर्ष भूमिकामा रहेको फिल्म ‘जेरी अन टप’ पनि छायाङ्कनमा आउन बाँकी छ । उनले चैत दोस्रो साता नै यो फिल्मको छायाङ्कन सकेका हुन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ४७ बजे

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,