इरानमा बम हानिसकेपछि ह्वाइट हाउस भन्छ : राष्ट्रपति ट्रम्प अझै कूटनीतिक वार्ताको पक्षमा छन् « Khabarhub

इरानमा बम हानिसकेपछि ह्वाइट हाउस भन्छ : राष्ट्रपति ट्रम्प अझै कूटनीतिक वार्ताको पक्षमा छन्


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक कार्यक्रमबारे वार्ता गर्न अझै इच्छुक रहेको ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसले यदि इरानी सरकारले संवाद गर्न अस्वीकार गरेमा त्यहाँका जनताले शासक परिवर्तन गर्नुपर्ने संकेत पनि ट्रम्पले गरेका छन्।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बुधबार पत्रकारहरूसँगको कुराकानीमा उक्त भनाइ सार्वजनिक गरेकी हुन् ।

‘अझै पनि राष्ट्रपति ट्रम्प कूटनीतिक वार्ताका लागि तयार छन् । यदि इरानी शासनले शान्तिपूर्ण कूटनीतिक समाधानमा आउन अस्वीकार गर्छ भने दशकौंदेखि दमनमा परेका इरानी जनताले यो अत्यन्त हिंसात्मक शासनबाट शक्ति खोस्नु किन नपर्ने ?’, उनले भनेकी छन् ।

यसैबीच अमेरिकी रक्षा सचिव पीट हेगसेथले आइतबार इरानी आणविक साइटहरूमा भएको बम आक्रमणको उद्देश्य शासन परिवर्तन भएको बताएका थिए ।

तर त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यदि हालको इरानी नेतृत्वले इरान ग्रेट अगेन बनाउन नसक्ने हो भने शाक परिवर्तन किन नहोला?’

ट्रम्पक यस अभिव्यक्तिले अमेरिकी प्रशासनको कूटनीतिक रणनीति र आक्रमणबीचको विरोधाभास उजागर गरेको विश्लेषकहरूले बताएका छन् ।

ट्रम्पको भनाइले इरानभित्रको राजनीतिक अस्थिरता झनै गहिरिन सक्ने संकेत पनि दिएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ८ : ०२ बजे

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै