इरानमा बम हानिसकेपछि ह्वाइट हाउस भन्छ : राष्ट्रपति ट्रम्प अझै कूटनीतिक वार्ताको पक्षमा छन् | Khabarhub Khabarhub

इरानमा बम हानिसकेपछि ह्वाइट हाउस भन्छ : राष्ट्रपति ट्रम्प अझै कूटनीतिक वार्ताको पक्षमा छन्


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

वासिङ्गटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग आणविक कार्यक्रमबारे वार्ता गर्न अझै इच्छुक रहेको ह्वाइट हाउसले जनाएको छ।

ह्वाइट हाउसले यदि इरानी सरकारले संवाद गर्न अस्वीकार गरेमा त्यहाँका जनताले शासक परिवर्तन गर्नुपर्ने संकेत पनि ट्रम्पले गरेका छन्।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बुधबार पत्रकारहरूसँगको कुराकानीमा उक्त भनाइ सार्वजनिक गरेकी हुन् ।

‘अझै पनि राष्ट्रपति ट्रम्प कूटनीतिक वार्ताका लागि तयार छन् । यदि इरानी शासनले शान्तिपूर्ण कूटनीतिक समाधानमा आउन अस्वीकार गर्छ भने दशकौंदेखि दमनमा परेका इरानी जनताले यो अत्यन्त हिंसात्मक शासनबाट शक्ति खोस्नु किन नपर्ने ?’, उनले भनेकी छन् ।

यसैबीच अमेरिकी रक्षा सचिव पीट हेगसेथले आइतबार इरानी आणविक साइटहरूमा भएको बम आक्रमणको उद्देश्य शासन परिवर्तन भएको बताएका थिए ।

तर त्यसको केही समयपछि राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका थिए, ‘यदि हालको इरानी नेतृत्वले इरान ग्रेट अगेन बनाउन नसक्ने हो भने शाक परिवर्तन किन नहोला?’

ट्रम्पक यस अभिव्यक्तिले अमेरिकी प्रशासनको कूटनीतिक रणनीति र आक्रमणबीचको विरोधाभास उजागर गरेको विश्लेषकहरूले बताएका छन् ।

ट्रम्पको भनाइले इरानभित्रको राजनीतिक अस्थिरता झनै गहिरिन सक्ने संकेत पनि दिएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ८ : ०२ बजे

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै

नयाँ दलमा विलय भएका माधव नेपालले घनश्याम भुसालसहित ६ जनालाई एकीकृत समाजवादीबाट निकाले

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नै नेकपा माओवादी केन्द्र