इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण « Khabarhub

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको छ। इरानी सरकारी टेलिभिजनका अनुसार इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हाे।

यस मामिलाबारे जानकारी राख्ने एक अधिकारीले पनि इरानले सो बेसमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको सिएनएनले लेखेको छ ।

गत सप्ताहान्तमा भएका आक्रमणहरूपछि इरानबाट अमेरिकी सैन्य संरचनाहरू लक्षित हुन सक्ने सम्भावनाको पूर्वानुमान गर्दै अमेरिकी अधिकारीहरू तयारी अवस्थामा रहेका थिए।

अल उदीद एयर बेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जसले क्षेत्रीय सुरक्षा तथा अमेरिकी सेनाको रणनीतिक तैनाथीका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

यस्तै कतारले आफ्नो आकाशमा उडान रद्द गरेको छ । भने अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ११ : ०४ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६