चाँडै चीन भ्रमणको सम्भावना छ : राष्ट्रपति ट्रम्प « Khabarhub

चाँडै चीन भ्रमणको सम्भावना छ : राष्ट्रपति ट्रम्प


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा नै चीन भ्रमण गर्ने सम्भावना रहेको बताएका छन्। सेप्टेम्बर महिनामा दोस्रो विश्व युद्धको स्मरणमा हुने कार्यक्रममा उपस्थित हुने हो या अन्य कुनै समयमा भन्ने बारे ट्रम्पले केही पनि खुलाएका छैनन्।

सेप्टेम्बरको सो कार्यक्रममा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनको पनि उपस्थिति रहने छ। यो वर्षको सुरुवातमा नै ट्रम्प र उनका समकक्षी चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच भएको फोन वार्तामा एक अर्कालाई आफ्नो देशमा स्वागत गरेका थिए।

केही समयको अन्तरालमा दुई वटा भेटघाटको अवसर छ। सेप्टेम्बर महिनामा दोस्रो विश्व युद्ध भएको ८० वर्षको सम्झनामा बेइजिङमा कार्यक्रम हुनेछ। सो कार्यक्रममा रुसी राष्ट्रपति पुटिन पनि चीन जाने छन्। अक्टोबर महिनाको अन्त्यमा दक्षिण कोरियाले आयोजना गर्ने एपेक सम्मेलनमा उनीहरूको भेट हुने सम्भावना छ।

ओभल अफिसमा फिलिपिन्सका राष्ट्रपति फर्नान्डो मार्कोस जुनियरसँग भएको वार्ताको क्रममा ट्रम्पले सो कुरा बताएका हुन्। ट्रम्पले फिलिपिन्सले दुई मध्य जुन देशसँग राम्रो सम्बन्ध राखे पनि त्यसले आफूलाई कुनै असर नगर्ने बताएका छन्।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : ५९ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियामा विभिन्न

थालाछें नागपोखरीमा नागपूजा

भक्तपुर– थालाछें नागपोखरीमा आज बिहानैदेखि नाग पूजा गर्न भक्तजनहरुको भीड लागेको