भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता « Khabarhub

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् । जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर म‌गलबार राति रुकुमपश्चिमको आठबीसकोट– १४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरूको अवस्था अज्ञात रहेको छ । बेपत्ता भएकाहरूको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ । 

बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।

भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ७ : १८ बजे

चार महिनादेखि तिला गाउँपालिका प्रमुख प्रशासकीय विहीन

जुम्ला– यहाँको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको

धमाधम भत्काउन थालियो बुढानीलकण्ठस्थित देउवा निवास (तस्बिरहरू)

काठमाडौं– भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनीका क्रममा

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर– यहाँको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही

दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५ करोड

को हुन् कोहलीको कीर्तिमान तोड्ने पाकिस्तानी ओपनर फरहान ?

काठमाडौँ – पाकिस्तानका ओपनर साहिबजादा फरहानले भारतीय क्रिकेटका हस्ती विराट