रसुवा बाढीपछि चीनमा रोकिएका नेपाललाई आज स्वदेश ल्याइँदै | Khabarhub Khabarhub

रसुवा बाढीपछि चीनमा रोकिएका नेपाललाई आज स्वदेश ल्याइँदै


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार २४ गते रसुवागढी नाकास्थित भोटेकोशी नदीको बाढीले मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र करिब दुई सय नेपालीलाई आज (बुधबार) नेपालतर्फ ल्याइँदैछ ।

बाढीका कारण रोकिएका नेपालीहरू बुधबार बिहानै बजे नै चिनियाँ सवारी साधनमा तातोपानी (चाङ्मु) नाकातर्फ लागेका छन् ।

रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा अलपत्र करिब दुई सय नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइँदैछ ।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार केरुङमा रहँदा २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको थियो ।

दुवै देशबीच कूटनीतिक पहलपछि चीन सरकारसँगको सहयोगमा उनीहरूलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।

तातोपानी आइपुगेपछि उनीहरूलाई नेपाली अधिकारीहरूको जिम्मा लगाइने छ । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ९ : ३० बजे

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ– पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी

विभाग सक्रिय भएपछि बढ्यो देउवाको सक्रियता, दिन बिराएर पुग्छन् सानेपा

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूमाथि लामो समयदेखि लाग्ने आरोपमध्येमा पर्छ– घरमै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल