कुवेतमा कामदार भिसामा ठगी गर्ने गिरोह सार्वजनिक | Khabarhub Khabarhub

कुवेतमा कामदार भिसामा ठगी गर्ने गिरोह सार्वजनिक


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

दुबईः आप्रवासी कामदारका सम्बन्धमा कानुनी अधिकारको दुरुपयोग गरेको आरोप लागेको गिरोहलाई कुवेतको गृह मन्त्रालयले कारबाही सञ्चालन गरेको छ ।

मानव बेचबिखन र भिसा ठगी विरुद्धको पछिल्लो कारबाहीमा मन्त्रालयले भिसा योजना खारेज गरेको छ । आप्रवासी कामदारहरूको अवैध दर्ताबाट नाफा कमाउन आफ्नो कानुनी अधिकारको दुरुपयोग गरेको आरोपमा एक कुवेती नागरिक पक्राउ परेका छन् ।

अल काबास अरबी दैनिकका अनुसार ती कुवेती नागरिकमाथि दर्जनौं शेल र कम्पनीमार्फत् ‘भिसा–फर–क्यास’ योजना चलाएको आरोप छ । आवास मामिला अनुसन्धान विभागको सामान्य समन्वयमा गरिएको यो अपरेशनले एकल व्यक्तिको नियन्त्रणमा रहेका २५ कम्पनीहरू र चार सम्बद्ध व्यवसायहरू समावेश भएको जटिल नेटवर्कको खुलासा गरेको छ ।

गल्फन्युजमा प्रकाशित खितम अल अमिरको रिपोर्ट अनुसार मुख्य संदिग्धको पहिचान खुलाइएको छैन । फर्महरूको तर्फबाट हस्ताक्षर गर्न अधिकार प्रदान गरिएका ती नागरिकलाई फर्जी रूपमा विदेशी कामदारहरू दर्ता गरेको र आवासीय अनुमतिपत्र बिक्री गरेको आरोप छ ।

कम्पनीहरूमा अवैध रूपमा ५६ जना कामदारहरू दर्ता भएका थिए । जसमा धेरैले कुवेतको बसोबास कानून र भिसा नियमहरू उल्लङ्घन गरेका थिए । त्यस्ता अवैध कामदारमा आफ्नो प्रायोजक नभएका, सूचीकृत नभएका संस्थामा काम गरिरहेका, म्याद सकिएर बसेका र अनुमतिपत्रका सर्तहरू उल्लङ्घन गरेका थिए ।

सोधपुछको लागि बोलाइँदा अभियुक्तले भिसा र कार्य अनुमतिको व्यवस्था गर्नका लागि ३५० केडी देखि १२०० केडीसम्मको भुक्तानी गरेको बताएका थिए ।

उनीहरूले एक सिरियाली र एक भारतीय बिचौलियामार्फत काम गरेको स्वीकार गरेका थिए । यद्यपि उनीहरूलाई स्पोन्सर र रोजगारको ग्यारेन्टी गरिएको थिएन ।

अधिकारीहरूले यो मुद्दाले देशमा भिसा तस्करीले निम्त्याएको निरन्तर चुनौतीलाई देखाएको बताएका छन् । कर्पोरेट इजाजतपत्रका साथै बसोबास र वर्कपर्मिट (कार्य अनुमति) को निगरानीलाई कडा बनाउनुपर्ने चुनौती थपिएको अधिकारीहरूले बताएका छन् ।

गृह मन्त्रालयले कानून लागू गर्ने र व्यक्तिगत लाभको लागि श्रम प्रणालीको शोषण गर्नेहरूलाई जवाफदेही बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ३१ बजे

थारू समुदायले आज अटवारी पर्व मनाउँदै

दाङ– पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी

विभाग सक्रिय भएपछि बढ्यो देउवाको सक्रियता, दिन बिराएर पुग्छन् सानेपा

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूमाथि लामो समयदेखि लाग्ने आरोपमध्येमा पर्छ– घरमै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

पाँच वर्षदेखि पुल निर्माण अधुरै

चौतारा – सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल