पूर्वराष्ट्रपतिलाई रोक्ने निर्णयपछि विष्णु पौडेल भन्छन्- एमाले फुटाउन खोज्नेहरूको सपना तुहियो « Khabarhub

पूर्वराष्ट्रपतिलाई रोक्ने निर्णयपछि विष्णु पौडेल भन्छन्- एमाले फुटाउन खोज्नेहरूको सपना तुहियो


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

बुटवल- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमालेलाई विभाजन गर्न खोज्नेहरूको सपनामा तुषरापात भएको बताएका छन् ।

मुलुकको सर्वोच्च संस्था राष्ट्रपति पदमा आशिन भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर केन्द्रीय कमिटीले एकमतले निर्णय गरेपछि विभाजन चाहनेको सपना तुहिएको उनले जिकिर गरे ।

पुष्पलाल स्मृति दिवसको अवसरमा एमालेले बुधबार बुटवलमा गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्षसमेत रहेका पौडेलले यस्तो बताएका हुन् ।

‘एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरूले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोशिस गरिरहेका थिए’, उनले भने, ‘तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरूको सपनामा तुषारापात भएको छ । पार्टीभित्र अस्थिरता मच्चाउने र विभाजनको कोशिश गर्ने तत्वको सपना विफल भएको छ ।’

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : १९ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र