रास्वपाले भन्यो- स्पेनको कार्यक्रममा नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदानि सरकारले देखेन | Khabarhub Khabarhub

रास्वपाले भन्यो- स्पेनको कार्यक्रममा नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदानि सरकारले देखेन


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ ।  

बुधबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारलाई बोल्न समय दिए  ।

सांसद कंसाकारले तस्करहरू अझै सरकारसँग नडराएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताइन् । स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदासमेत सरकारले नदेखेको उनले बताइन् ।

उनले यस विषयमा उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन रहने उल्लेख गरिन् । 

त्यस्तै उनले घुस प्रकरणमा जोडिएका मन्त्रीहरूमाथि कारबाही गर्न माग गरिन् । आफ्ना मागको सुनुवाइ नभएको भन्दै रास्वपाका सांसदहरूले सदन बहिष्कार गरेका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : ४९ बजे

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन

नेपालको सहमतिबिना चीन र भारतले भूमि प्रयोग गर्न खोज्नु अनुचित : शङ्कर पोखरेल

दाङ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालको सहमतिबिना चीन र

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको