अडियो घुसकाण्डमा मुछिएका मन्त्री पक्राउ गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती « Khabarhub

अडियो घुसकाण्डमा मुछिएका मन्त्री पक्राउ गर्न प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको चुनौती


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद ज्ञानेन्द्र शाहीले अडियो घुसकाण्डमा मुछिएका मन्त्री पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन् ।

शाहीले पूर्वसामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र बहालवाला भूमि सुधार मन्त्री बलराम अधिकारीलाई तत्काल पक्राउ गरी छानबिन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत् शाहीले नैतिकताको प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई यस्तो कदम चाल्न आग्रह गरेका हुन्।

शाहीले भनेका छन्, ‘अलिकति मात्रै नैतिकता बचेको भए प्रधानमन्त्री ओलीले पूर्वसामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधारमन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखेर छानबिन गर्नुपर्छ ।’

उनले खुला रूपमा घुस लिएको अडियो सार्वजनिक भइसक्दा पनि सरकारले ढाकछोप गर्न खोज्नुले प्रधानमन्त्री र उनको सचिवालय नै त्यसमा संलग्न भएको पुष्टि हुने दाबी गरे।

यस घटनाले त्यस समयमा नेपालको राजनीतिक वृत्तमा ठूलो हलचल ल्याएको थियो र सरकारको पारदर्शितामाथि गम्भीर प्रश्नहरू उठेका थिए।

यस अडियो प्रकरणले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको सरकारमाथि नै प्रश्नचिह्न खडा गरेको थियो।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ४१ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र