विद्या भण्डारी नरोकिने « Khabarhub

विद्या भण्डारी नरोकिने


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग ११ औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्ने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमै आउनै रोक लगाइदिएका छन् ।

मंगलबार मध्यारातमा सकिएको नवौँ केन्द्रीय कमिटी बैठकमा विभिन्न आठ कारण देखाउँदै ओलीले नेताहरूको विरोधबीच भण्डारीलाई राजनीतिमा आउनबाट रोक लगाए ।

राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्किन नहुने निष्कर्ष विरोध र हो-हल्लाबीच ओलीले बैठकमा सुनाए ।

मंगलबार मध्यराति सकिएको केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकाल्दै सदस्यतासमेत नवीकरणमा रोक लगाएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

तर नवौँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएर दुई कार्यकाल राष्ट्रपति बनेपछि २०७९ फागुन २९ गते शीतल निवास छाडेकी भण्डारीले आफ्नो निर्णयबाट पछि नहट्ने बताएकी छन् ।

एमालेको निर्णयपछि छलफलका लागि पुगेका निकटस्थ नेताहरूसँग उनले आफूले राजनीतिमा आउने निर्णय गरिसकेकाले पछि नहट्ने बताएकी हुन् ।

उनले ओलीले राजनीतिमा आउन रोक लगाए पनि केही दिन ‘पर्ख र हेर’को रणनीति अख्तियार गरेर औपचारिक भनाइसहित अघि बढ्ने रणनीति बनाएको एकजना एमाले नेताले बताएका छन् ।

उनका अनुसार असार १४ गते मदन भण्डारी फाउन्डेशनमा गरेको घोषणाअनुसार राजनीतिमा आइसकेकाले अब नयाँ तयारीसहित अघि बढ्ने तयारीमा रहेको भण्डारीले बताएकी छन् ।

तर, उनको सचिवालयले यसबारेमा ठोस केही भनाइ बाहिर ल्याएको छैन । भण्डारी आगामी भदौ २०-२२ मा हुने विधान महाधिवेशनमै पनि आफ्नो पक्षलाई बलियो बनाउने गरी अघि बढ्ने तयारीमा रहेको उनलाई भेटेका अर्का नेताले बताएका छन् ।

उनले आफूमाथि ओलीले रोक लगाउने कुरा जानकारी पाएरै निर्णय गरिसकेकाले पछि नहट्ने कुरा मंगलबार बताएकी थिइन् ।

यद्यपि एमालेले सदस्यतासमेत पेन्डिङ भनेकाले ओलीले उनलाई ११ औँ महाधिवेशनमा उठ्न नदिने गरी छेक्ने अभियान चलाइसकेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  २ : ५७ बजे

उपराष्ट्रपति यादवबाट ‘ईद उल फित्र’ को शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ‘ईद उल फित्र’ पर्वका अवसरमा

‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. पन्तलाई

वीरगञ्ज– २०८२ सालको ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा.

ढोरपाटनमा भारी हिमपात

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा

इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक उदयपुर गाईघाटका अमृत झा

काठमाडौँ– पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले